देउखुरी दुर्घटना अपडेट ३५ जना घाइते, केहीको पहिचान खुल्यो

शिवु खनाल ५ जेष्ठ २०८०, शुक्रबार समाचार

देउखुरी । दाङको देउखुरीमा दुई बस एकआपसमा ठोक्कीदा एकजनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर स्थित शुक्रबार बिहान साढे ५ बजे दुई बस एकआपसमा ठोक्कीदा रोल्पा रून्टीगढि नगरपालिका वडा नम्बर ७ निवासी ४२ वर्षिय सोभा परियारको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरमा एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।
दुर्घटनामा परि रोल्पाको रुन्टीगढी नगरपालिका वडा नम्बर ७ निवासी १५ वर्षीय तिकल नेपाली, सोही ठाउँ निवासी ९ वर्षीय विवेक नेपाली, २० वर्षीय पूर्ण विक, दाङको तुलसीपुर उपमहानगरपालिका निवासी ३० वर्षीय पारश खड्का (सिरियस), राप्ती गाउँपालिका वडा नम्बर ६ निवासी २२ वर्षीय सिमरन चौधरी, लमही नगरपालिका वडा नम्बर ९ तरुलीया निवासी १९ वर्षीय किरण रामिजाल, रोल्पाको रुन्टीगढी नगरपालिका वडा नम्बर ७ निवासी २० वर्षीय मिना पुन मगर, सोही ठाउँ वडा नम्बर ८ निवासी किरण विक, सर्लाही नगरपालिका निवासी ४५ वर्षीय पप्पु खान (सहचालक) घाइते हुनु भएको छ । उनीहरुको भइरहवा मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
त्यैगरी दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर ९ तरुलीया निवासी २० वर्षीय तुलसीराम रामिजाल घाइते हुनु भएको छ । उनको नेपालगञ्जमा उपचार भइरहेको छ । यसैगरी रोल्पाको रुन्टीगढी नगरपालिका वडा नम्बर ७ निवासी ४३ वर्षीय निमा थापा, उहाँको नाम नखुलेको १ महिनाको बच्चा, सोही ठाउँ निवासी २० वर्षीय लक्ष्मी थापा घाइते हुनु भएको छ । उनीहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नाम नखुलेका २२ जना लमहीको फलोरेन्स् अस्पतालमा उपचार गराइ डिसचार्ज हुनु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार