देउखुरीमा दुई बस एकआपसमा जुद्दा एककाे मृत्यु, दर्जनभन्दा बढि घाइते

शिवु खनाल ५ जेष्ठ २०८०, शुक्रबार लुम्बिनी

 

देउखुरी । दाङको देउखुरीमा दुई बस एकआपसमा जुद्दा एकजनाकाे मृत्यु भएको छ भने दर्जन भन्दा बढि घाइते भएका छन् ।

लमही नगरपालिका वडा नम्बर ३ फल्कापुर स्थित शुक्रबार बिहान साढे ५ बजे दुई बस एकआपसमा जुद्दा राेल्पा रून्टीगढि नगरपालिका वडा नम्बर ७ निवासी ४२ वर्षिय साेभा परियारकाे मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । ठोक्किदा एक जनाक

मृतक सोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् । लमहीबाट भालुवाङ तर्फ जादै गरेको लु २ ख ७८५ नम्बरको बस र विरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ फल्कापुरमा दुबै बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए ।

बारा जिल्लाबाट ईटा भट्टामा काम गरेर घर रोल्पा फर्किदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते भएका छन् । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् । ती मध्य ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।

घाइतेहरुलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगन्ज तर्फ रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । अन्य घाइतेहरुको नाम ठेगाना खुलेको छैन ।।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार