काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान आरम्भ

उज्यालो प्रतिनिधि ४ जेष्ठ २०८०, बिहीबार समाचार

काभ्रे । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा अभियानको नमूना अभ्यास कार्यक्रम यहाँबाट थालिएको हो ।

बाग्मती प्रदेशको काभ्रेपलाञ्चोकमा लागू गरिएको उक्त अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जाने स्वास्थ्य सेवा विभागले जनाएको छ । ‘काभ्रेपलाञ्चोक उच्च उक्तचाप हेरचाह व्यवस्थापन पहल’ नाम दिएर बुधबार धुलिखेलमा कार्यक्रमको आयोजना गरी अभियान सुरु गरिएको हो ।

कार्यक्रमअन्तर्गत पहिला स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर गाउँगाउँमा ‘हाइपरटेन्सन’का बिरामीको स्क्रिनिङ गरी उपचारका लागि स्वास्थ्य संस्थामा ल्याइने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिए ।

“काभ्रेपलाञ्चोकमा लागू गरिएको अभियान कार्यक्रम सफल भए अन्य जिल्लामा क्रमशः लागू गर्दै जान्छौँ”, उनले भने । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का डा ग्याम्पो दार्जेले नमूनाका लागि देशमै पहिलो पटक काभ्रेपलाञ्चोकबाट यो कार्यक्रम लागू गरिएको बताए। उनले हाइपरटेन्सन नियन्त्रण कार्यक्रमलाई गम्भीरतापूर्वक लिनसमेत आग्रह गरे ।

प्रदेश स्वास्थ्य मन्त्रालयको नसर्ने रोग महाशाखा प्रमुख डा फणीन्द्रप्रसाद बडालका अनुसार अभियानअन्तर्गत जिल्लाका स्थानीय सरकारले निरन्तरताको जिम्मेवारी लिनुपर्ने छ । काभ्रेपलाञ्चोक उच्च रक्तचाप नियन्त्रण अभियान सञ्चालन गर्न आवश्यक औषधिको व्यवस्था भइसकेको छ । बिरामीको अवस्था हेरि तीनथरीका औषधि निःशुल्क वितरण हुने जनाइएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईले काभ्रेको कूल जनसङ्ख्याको ३० हजारभन्दा बढी नागरिकमा उच्च रक्तचापको समस्या रहेको जानकारी दिए । उनका अनुसार हाल जिल्लामा १८ वर्षमाथिका ५१ हजार दुई सय ८१ जनामा उच्च रक्तचापको समस्या छ । यसमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा नौ हजार चार सय ८२ उच्च रक्तचापका बिरामी छन् । जिल्लाको १३ स्थानीय तहमा उच्च रक्तचाप नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार