तामाङ चलचित्र ‘नाना आङा’को टिजर, गीत र ‘तिङ्ला नाङ्साल’ एकैसाथ प्रदर्शन गर्ने तयारी

काठमाडौ । जिम्बा फिलिम्सको ब्यानरमा निर्माण गरिएको तामाङ भाषाको चलचित्र ‘नाना आङा’ छिट्टै नै प्रदर्शन गर्ने तयारी रहेको छ ।उक्त चलचित्र प्रदर्शन गर्नुभन्दा अगाडि चलचित्रमा समाबेस गरिएका गीतहरु मध्य ३ वटा गीत भने सार्वजनिक गर्ने तयारी रहेको छ ।

चलचित्रको आधिकारीक टिजर, ३ वटा गीत सार्वजनिक र चलचित्र ‘तिङ्ला नाङसाल’को विशेष प्रदर्शन समेत एकै साथ गर्ने तयारी रहेको जिम्बा फिल्मस्का सञ्चालक एवम् चलचित्रका निर्देशक निमा लामा तामाङले बताए ।

यहि जेठ ६ गते शनिबारका दिन ठिक ११ बजे उक्त चलचित्रको टिजर, गीतहरुको बिमोचन तथा तिङला नाङ्सालको विशेष प्रदर्शन गर्ने मिति तय भएको चलचित्रका निर्माता पेमा लामा योञ्जनले बताए ।

उनका अनुसार चलचित्र ‘नाना आङा’को छायांकन सम्पन्न भएर अहिले दृश्य सम्पादन, रंग संयोजन, डबिङ, मिक्सिङ र पोस्ट प्रोडक्सनको कामहरु धमाधम भैरहेको र छिट्टै नै चलचित्र प्रदर्शन मिति समेत तय गर्नेछन् ।

उक्त चलचित्र भित्र समाबेस गरिएका ३ वटा गीतको भने अडियो र भिडियोसंग सम्बन्धित सम्पूर्ण काम सकिसकेको हुदा जेठ ६ गते सार्वजनिक गर्ने तयारी गरेका छन ।

बार्षिक रुपमा विभिन्न खालका तामाङ भाषा तथा तामाङ कथानक चलचित्रहरु निर्माण गर्दै आएको जिम्बा फिलिम्स प्रा.लि.ले पछिल्ला समय एक पछि अर्को सुपरहिट चलचित्रहरु निर्माण गर्दे आएका छन् । गत भाद्र २५ गते मात्रै काठमाडौं स्थित नेपाल चलचित्र विकास बोर्डमा तामाङ भाषाको चलचित्र ‘हाल्से सोजी चु माया विशेष प्रदर्शन गरेका थिए ।

त्यस पछि उक्त चलचित्र उपत्यका र उपत्ययका बाहिर विभिन्न ठाउँहरुमा सफल प्रदर्शन भए पश्चात तत्काल रुपमा जिम्बा फिल्मस्ले तामाङ भाषाकै चलचित्र नाना आङा निर्माण गरेका हुन् । नाना आङको पोस्ट प्रोडक्सनका कार्य अन्तिम चरणमा आउँदा फेरि अर्को चलचित्र मायाला घ्रानको छायांकनका लागि शुभ मुहूरत मिति समेत तय गरिसकेको चलचित्रका निर्माता पेमा लामा योञ्जनले बताए ।

हाल पोस्ट प्रोडक्सनको क्रममा रहेको चलचित्र नाना आङा भने पारिवारीक प्रेम कहानी र सामाजीक कथावस्तुहरुलाई समेटेर बनाएको निर्देशक निमा लामा तामाङले बताए । उनका अनुसार यस अघिको चलचित्रहरुमा भएका कमिकमजोरीहरुलाई आफैले गहन रुपमा अध्ययन गरि ती चलचित्रभन्दा धेरै पृथक तवरले नाना आङाको निर्माण गरिएको बताए ।

सोही दिन प्रदर्शन गरिने चलचित्र ‘तिङ्ला नाङ्साल’को निर्माता संजु बोम्जन र मिन कुमार वाइबा रहेका छन् भने निर्देशन निमा लामा तामाङको रहेको छ । उक्त चलचित्रमा नायक कृष्ण लामा, सुशन वाईबा, नायीकाहरु अबिना गोले, कृश्मा वाईबा, अनिता बोम्जन, कलाकारहरुमा बिनिता थिङ, सोनु रुम्बा, सुनलाल वाईबा, कान्छामान वाईबा लगायत अन्य कलाकारहरुको अभिनय हेर्न पाउनेछ ।

त्यसै गरि टिजर र भिडियो सार्वजनिक गर्ने तयारी रहेको चलचत्रि नाना आङाको निर्माता पेमा लामा योञ्जन र सह निर्मातामा मिन कुमार वाईबा रहेका छन् भने निर्देशन निमा लामा तामाङकै रहेको छ । नायक जय स्याङ्तान, सिताराम गोले, कल्पना वाईबा, करिसा वाईबा, कलाकारहरुमा माया घलान, सुनलाल वाईबा, राजन कुमार स्याङ्तान्, पेमा लामा योञ्जन, सुदिप कोब्रा, गोङ्बा च्याङ्बा, पुजा लामा, सुनिल लोप्चन, जगत मोक्तान, सानु गोले, निर्मला पाख्रिन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार