काठमाडौ । ठट्यौली तर यथार्थ जीवन कहानीमा आधारित तामाङ सेलो गीत ‘जेठीला माया आम्लोङ ताजी’ को भिडियो सहित सार्वजनिक भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि रिपु योञ्जन अफिसियल युट्युव च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
जोरपाटी स्थित ‘द स्हेनोर हाउस’मा सम्पन्न पत्रकार सम्मेलन मार्फत ‘जेठिला माया आम्लोङ ताजी’को भिडियो सार्वजनिक गरेका थिए ।
तामाङ चलचित्रका महानायक अमिर दोङको अध्यक्षता, तामाङ कलाकार संघका अध्यक्ष एवम् गायक तथा संगीतकार विश्व दोङको प्रमुख आतिथ्यता, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष थुप्तेन ग्याल्बो मोक्तान, नायिका एवम् मिस तामाङका सि.इ.ओ. रन्जिता ब्लोन लगायतका विशिष्ट व्यक्तित्वहरुको अतिथ्यतामा कार्यक्रम भएको थियो ।
उक्त गीतको शब्द रचनाकार बिर बहादुर गोङ्बो रहेको छ भने संगीत सिजन थिङको रहेको छ । गीतमा स्वर संगीतकारद्धय सिजन थिङको साथमा जितु लोप्चानको रहेको छ । अडियो एरेन्ज र मिक्सिङ भने अर्पण थिङले गरेका हुन् ।
गीतको भिडियो तर्फ भने अमिर दोङको निर्देशन तथा हेरुका लामा बलको कोरियोग्राफी रहेको छ । भिडियोको मुख्य भुमिकामा तामाङ चलचित्रका महानायक अमिर दोङको साथ नव मोडल अम्बालिका तामाङ देख्न पाउनेछ ।
अतिथि कलाकारहरुमा हाँस्यकलाकार कुईसाङ रुम्बा, नायिका कृष्मा वाईबा, लुप्सि तामाङ जिवन वाईबा र छेडुप तामाङ रहेका छन् । भिडियोको छायांकन, दृश्य सम्पादन, रंग संयोजन र ड्रोन अपरेटरको भुमिकामा त्रिलोक लामा रहेका छन् भने मेकअप आर्टिस्ट रेशम लामा रहेका छन् ।
हेर्नुस् भिडियो…