चीनमा डुङ्गा पल्टिदा ३९ बेपत्ता, चिनियाँ राष्ट्रपतिद्वारा तीव्र उद्धारमा लाग्न निर्देशन

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०८०, बुधबार विश्व

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्य हिन्द महासागरमा मङ्गलबार गहिरो समुन्द्रमा माछा मार्ने एउटा चिनियाँ जहाज पल्टिए पछि बेपत्ता व्यक्तिको उद्धारका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन्।

उनले सम्बन्धित विभागहरूलाई आपत्कालीन प्रतिक्रिया संयन्त्रलाई तत्काल सक्रिय गर्न आग्रह गरेका हुन् । उक्त घटनामा हालसम्म १७ चिनियाँ, १७ इन्डोनेसियाली र पाँच फिलिपिन्स नाविकसहित ३९ जना बेपत्ता भएका छन् ।

जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न गहिरो समुद्री अपरेसनहरूमा सम्भावित सुरक्षा जोखिमहरूको अनुसन्धान र प्रारम्भिक चेतावनीलाई अझ बलियो बनाउन प्रयासहरू गर्न आदेशसमेत दिएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले सुरक्षित सामुद्रिक यातायात र उत्पादन सुनिश्चित गर्न समुद्रमा माछा मार्ने जहाजको सुरक्षा व्यवस्थापनलाई सुदृढ पार्ने हताहत कम गर्न सबै प्रयास गर्न आग्रह गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार