मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्छ : अध्यक्ष ओली

उज्यालो प्रतिनिधि ३ जेष्ठ २०८०, बुधबार समाचार

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितका सपना पूरा गर्नुपर्ने बताएका छन । एमालेले मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवसको अवसरमा आज मदननगर बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले दुई नेताले छोडेर जानुभएको अभिभारा पूरा गर्नुपर्ने बताए ।

“मुलुक बनाउन बोकेका सपना पूरा गर्न नभ्याउँदै उनीहरुको हत्या भयो,” अध्यक्ष ओलीले भने, “त्यो सपना आज उनीहरुका उत्ताराधिकारी तपाई हामीले पूरा गर्नुपर्नेछ ।” उनले मदन भण्डारीका सपना पूरा गर्न चुनौती रहेको तर षड्यन्त्रलाई परास्त गरी उहाँको सपनालाई साकार पार्नुपर्ने बताए ।

अध्यक्ष ओलीले पार्टी एकताबद्ध र सङ्गठन सृदृढ भएर अघि बढ्यो भने मात्र उनीहरुले छोडेर जानुभएको अभिभारा पूरा गर्न सकिने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले मदन भण्डारीले अघि सारेको जनताको वहुदलीय जनवाद (जबज)का उद्देश्य साकार पार्न नयाँ ढङ्गले सङ्कल्प गर्ने धारणा राख्नुभयो । उनले मुलुकको परिस्थिति जटिल रहेकाले अहिलेको राजनीतिलाई हल्काफुल्का नलिन आग्रह गर्नुभयो । एमालेले देश, जनता, परिवर्तन, सुशासनका लागि एकता गर्ने उनको भनाइ थियो ।मदन नगर बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीलगायतका शीर्ष नेताहरुले नेता भण्डारीको शालिकमा माल्यापर्ण गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार