म्यान्मारमा मोखा आँधीले ६ जनाको मृत्यु, २० हजारभन्दा बढी शिविरमा

उज्यालो प्रतिनिधि २ जेष्ठ २०८०, मंगलवार विश्व

ढाका। म्यान्मारमा मोखा नामक आँधिवेहोरी कारण ६ जनाको मृत्यु भएको छ । सो आँधिबेहोरीमा परी झन्डै २० हजार मानिसले शिविरहरुमा आश्रय लिईरहेका छन् । यसैबिच, म्यानमारको पश्चिमी तटमा ३.६ मिटर गहिरो समुद्री पानीमा फसेका करिब १ हजार मानिसहरूलाई उद्धारकर्ताहरूले निकालेका छन् ।

म्यान्मारमा आएको एक शक्तिशाली चक्रवातले सयौं घाइते भएका छन भने सो क्षेत्र आसपासको सञ्चार सेवा अवरुद्ध भए पछि कति जनाको मृत्यु भएको तथा घाइते भएको अझै खुल्न सकेको छैन ।

उता, सिट्वेमा रहेको राखाइन युवा परोपकारी संघका अगुवाका अनुसार सिट्वे टाउनशिपको उच्च भूभागमा रहेका मठ, प्यागोडा र विद्यालयजस्ता मजबुत भवनहरूमा आश्रय लिइरहेका करिब २० हजार मानिसहरू मध्ये ७ सय जना भन्दा बढी मानिसलाई शक्तिशाली हावाले घाइते बनाएको छ।

‘हिजो साँझ ४ बजेपछि हावाहुरी अलिकति कमजोर भए पनि पानी कम भएन । धेरैजसो रातभर आफ्नो घरको छत र अग्लो ठाउँमा बसे। रातभर हावा चल्यो,’ उनले एपीसँग भने।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार