फोहोरले वन क्षेत्र दुर्गन्धित अजम्मरी सामुदायिक वन बन्यो, नगरपालिकाको डम्पिङ्साइड

शिवु खनाल १ जेष्ठ २०८०, सोमबार समाचार

देउखुरी  ।   कुनै पनि स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहोरलाई बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ ।

 

दाङको लमहीमा रहेको अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । पूर्वपश्चिम राजमार्ग लमही बजारसंग जोडिएको अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । लमही बजार क्षेत्रका फोहोर लमही नगरपालिकाले जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ । बिहानको समयमा लमही नगरपालिकाको केही ट्याक्टरबाट अजम्मरी सामुदायिक वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका छन् । त्यसैगरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएका छन् । लमही नगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले बताउनुभयो । सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण आसपास बस्न समेत समस्या भएको उनले बताए ।उनले भने,–। ‘सामुदायिक वन उपभोक्ता समूहद्धारा जैविक विविधिता ग्रिन पार्क संचालन गरेका छौँ । उक्त पार्क देखि करिब पाँचसय मिटर पश्चिम तर्फ लमही नगरपालिकाले बजार क्षेत्रभित्र निस्कने फोहोर जथाभावी रुपमा फाल्ने गरेको छ ।

सामुदायिक वनमै पर्यटकीय आकर्षणको पार्क रहेको छ र पार्कमा घुम्न आउने पर्यटकहरुले समेत गुनासो पोख्ने गरेका छन् ।’ लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र गल्ने र नगल्ने फोहोर छुट्याउनका लागि भवन निर्माण गरेको छ । तर ती भवन संचालनमा आएको छैन, अलपत्र परेको छ । भवनले राम्रो स्याहार सुसार नपाउदाँ भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।हरियाली भएको वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिदै आए पनि लमहीलाई सुन्दर बनाइएका सामुदायिक वनहरु भने फोहोर फाल्ने ‘डम्पिङ् साइट’ बनेको अध्यक्ष रिजालले बताए । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले लमही नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । यता वनका कोषाध्यक्ष तेजबहादुर विकले वन क्षेत्र नै कुरुप हुने गरी फोहोर फाल्ने कार्य भइरहदा सम्बन्धित निकायको ध्यान नपुगेको उनको गुनासो छ ।

लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोर पुनः निस्केर बजारमा आउने भएको कारण फोहोर फाल्ने ठाउँ उपयुक्त नरहेको बताउनुहुदैँ, उनले बस्तीदेखि केही टाढा फोहोर फाल्नु पर्ने बताए । अहिले फोहोर जथाभावी फालिदैँ आएको ठाउँको विकल्प खोज्नु पर्ने देखिएको छ । बजार क्षेत्र वा अन्य क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहोर जथभावी वन क्षेत्रमा फाल्न नमिल्ने डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल प्रमुख राजु क्षेत्रीले बताए । उनले यदी अजम्मरी सामुदायिक वनले लिखित कार्वाहीको सहयोगको माग गरेमा वन ऐन अन्तरगर्त कडा कार्बाही हुने समेत बताए । देउखुरी क्षेत्रका सामुदायिक वनमा फोहोरले गर्दा वन क्षेत्र दुर्गन्धित बनेको लिखित रुपमा जानकारी हामीसम्म आइपुगेको छैन । जे भए पनि त्यसरी फोहोर फाल्न चाहिँ मिल्दैन, उनले भने,–। ‘कुनै सामुदायिक वनमा कसैले जथाभावी फोहोर फालेको छ भने डिभिजन वन कार्यालय दाङ (देउखुरी)मा पत्रचार गरोस्, तत्कालै नियन्त्रणमा लिन्छाँै ।’

फोहोरमा लगाइएको आँगोको झिलिङ्गोले लाग्छ वनमा डढेलो

लमही नगरपालिका अजम्मरी सामुदायिक वनको केही भागलाई डम्पिङ् साइडको रुपमा प्रयोग गर्दै उक्त क्षेत्रमा जथाभावी फोहोर फाल्दै आएको छ । अजम्मरी सामुदायिक वनले पटक–पटक पत्रचार गरेता पनि नगरपालिकाले अटेरी गर्दै जथाभावी फोहोर फाल्ने गरेको हो । डम्पिङ् साइड फोहोरमा लगाइएको आँगोको झिलिङ्गोका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा प्रत्येक वर्ष डढेलो लाग्ने गरेको छ । वनमा लागेको डढेलो नियन्त्रणमा लमही नगरपालिकाले कुनै चासो नदिदा प्रत्येक वर्ष कयौँ वन्जन्तु, वनमा वृक्षारोण गरिएका बोट विरुवाहरु मासिदै गएका छन् । फोहोरमैला व्यवस्थापनका लागि छुट्टै नियमावली बनाउनुपर्ने भए पनि स्थानीय तहहरुले त्यसतर्फ ध्यान नदिँदा ठूला भनिएका सबै शहर दुर्गन्धित बन्दै गएका छन् ।

No description available.No description available.No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार