सासमङ ग्यालेक्सी ए२४ एलटिइ बजारमा, मूल्य कति ?

उज्यालो प्रतिनिधि २८ बैशाख २०८०, बिहीबार प्रविधि

काठमाडौं । सासमङले आफ्नो अत्यन्त लोकप्रिय ए–सिरिजमा एक नयाँ, अद्भुत फोनको संस्करण थप गरेको छ । यसपटक सामसङले बजारमा ग्यालेक्सी ए२४ एलटिइ पेश गरेको छ । जुन ओक्टा–कोर प्रोसेसर जडित हुनकोे साथै अधिक अद्भुत गुणहरुले भरपूर छ ।

यो नयाँ ग्यालेक्सी ए२४ एलटिइमा केही अद्वितीय विशेषताहरु लगायत ९० हर्ज रिफ्रेस रेटसहितको ६.५ इन्चको सुपर एमोलेड डिस्प्लेका साथ निर्मित छ । मोबाइलले १२८ जिबि र २३६ जिबिको आन्तरिक स्टोरेज क्षमतायुक्त ६ जिबि  वा ८ जिबि -यामका साथ काम गर्छ। साथै यसमा भएको माइक्रो एसडि कार्डमार्फत् १ टिबिसम्मको बाह्य मेमोरीलाई यसले सपोर्ट गर्छ।

ग्यालेक्सी ए२४ एलटिइको क्यामराका हकमा पृष्ठभागमा ५० एमपिको प्राइमरी क्यामरा जडित छ, जसलाई ५ एमपि अल्ट्रावाइड र २ एमपि म्याक्रो लेन्सहरुले सपोर्ट गरेका छन् । यसमा १३ एमपि सेल्फी क्यामरा लेन्स र फोनमा जडित ओआइएसले अद्भुत पलहरुलाई क्याप्चर गर्न एक उपयुक्त सेटअप तयार पार्छ। साथै, फोनमा छिटो चार्ज हुने टाइप सिको तारहरु सहित शक्तिशाली ५००० एमएएच ब्याट्री पनि जडान गरिएको छ ।

त्यसैले अब तपाई्रंले आफ्नो वरिपरिका अद्भुत दृश्यहरु क्याप्चर गर्दा र क्लिक गर्दा स्टोर वा समय समाप्त हुने चिन्ता लिन छाडिदिनु होस् किनकी ग्यालेक्सी ए२४ एलटिइमा स्टोर गर्नको लागि प्रशस्त क्षमता छ । स्टोरको कुरा गरिरहँदा तपाई्रले केही अद्वितीय एप्हरु र फिचरहरु पाउन सकिनेछ, जुन तपाईंले फोनबाट प्राप्त गर्नु हुने विशेषताहरुसंग राम्ररी मेल खान्छ ।

तपाई्रले अब बजारमा उपलब्ध भएको नयाँ ग्यालेक्सी ए२४ एलटिइ खरीद गरेर पूर्णतः नयाँ मोबाइलको अद्भुत अनुभव संगाल्न सक्नु हुन्छ । ६ + १२८ जिबिको ग्यालेक्सी ए२४ को मुल्य रु.२८,९९९ कायम गरिएको छ भनें ८ + १२८ जिबिको मोबाइल रु ३१,९९९ मा उपलब्ध छ । यो एउटा त्यस्तो स्मार्टफोन हो  जुन अद्भुत बनावट र विशेषताहरु युक्त छ र यो केही अद्वितीय पलहरुको  सिर्जना गर्नका लागि पनि बनेको एक उपयुक्त उपकरण हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार