राप्ती तटका बासिन्दा डुंगाकै भरमा

उज्यालो प्रतिनिधि २८ बैशाख २०८०, बिहीबार समाचार

बाँके। बाँकेको राप्ती नदीको एउटा भङ्गालो खल्ला झगडिया हुँदै गङ्गापुरतिर अघि बढेको छ । त्यही भङ्गालो तर्न राप्तिपारीका स्थानीयले दैनिक डुङ्गा चढ्नुपर्ने बाध्यता रहेको छ ।

खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुङ्गा चढेर जाने गर्दछन् । खल्ला झगडिया गाउँभन्दा अलिकति अगाडि डुङ्गा सधैँ तयारी अवस्थामा रहन्छ ।

बाँकेको पूर्वी क्षेत्रमा रहेको राप्तीपारी सिधनियाघाटमा पुल बनेको पनि डेढ दशकभन्दा धेरै भइसक्यो । तर पनि त्यहाँका तटीय क्षेत्रका धेरै गाउँका बासिन्दा अहिले पनि डुङ्गाकै भरमा नदी तर्ने गर्दछन् । राप्तीपारिका आधा दर्जन गाउँका सर्वसाधारण अहिले पनि दैनिक डुङ्गामा नै जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । उक्त नदीमा सञ्चालित प्रायः डुङ्गा भारतबाट खरिद गरेर स्थानीयले चलाउने गर्दछन् ।

भारतबाट भाडामा ल्याइएको डुङ्गा हाल जितबहादुर पासीले ठेक्कामा चलाइरहेका छन् । उनले नदी तारेको प्रतिव्यक्ति रु दश लिने गर्छन् । दिनमा रु आठ सयदेखि रु एक हजारसम्म आम्दानी हुने गरेको उनले बताए । पासीले भने, ‘डुङ्गा चलाएबापत गाउँपालिकालाई वर्षीक रु ५० हजार दिने सम्झौता छ।’

डुङ्गामा मानिस र भैंसीलाई बोकेबापत रु २०, साइकलको रु १५ र मोटरसाइकलको रु ३० लिने गरेको पासीले बताए ।

बीस वर्षदेखि राप्तीनदीमा डुङ्गाा चलाउँदै आएका नानबाबु पासीले भारतबाट भाडामा डुङ्गाा ल्याएर चलाइरहेको बताए । गत फागुन १७ गते  सम्झौता सकिएपछि पालिकाले अरुलाई ठेक्का दिएको छ । हरेक शुक्रबार सीमावर्ती भारतीय गाउँ जानकीमा हाट बजार लाग्छ ।

हाट बजारमा राप्तीपारिका होलिया, बेतहनी र फत्तेपुर बासिन्दा डुङ्गा तरेर जाने गर्दछन् । यो होलियाको पिप्रहवादेखि चार किलोमिटरको दूरीमा रहेको छ । भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध नजिक पर्छ ।

हाट बजारमा तरकारी सस्तो पाइने भएकाले अधिकांश किनमेल गर्न जाने गरेका डुङ्गा चालक श्रवण विश्वकर्माले बताए । निःशुल्क रुपमा डुङ्गा चढ्न पाउनुपर्ने डुडुवा गाउँपालिका–१, पिप्रहवाका कृष्णगोपाल यादवले बताए । ‘स्थानीय सरकार जनताको सहजताका लागि निःशुल्क चढ्ने व्यवस्था गर्नुपर्छ’, उनले भने ।

राप्तीको बाढीले काट्दै गएपछि उक्त क्षेत्रका गाउँ कटानको समस्यामा छन् । एउटै डुङ्गामा ५० जनादेखि ६० जना सवार हुन्छन् । डुडुवामा वडा नं १ मा कुडुवा, कृषि चौफेरी, वर्डर चौफेरी छिटपुर्वा, टेपरी प्रिपहवा खडैचा कन्दइपुर्वा सन्तलीया नयाँबस्ती रहेको छ । राप्तीको नदीमा चारवटा घाट छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार