कांग्रेस पदाधिकारी बैठक बस्दै

उज्यालो प्रतिनिधि २८ बैशाख २०८०, बिहीबार समाचार

काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको छ ।पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक र पार्टी संगठनका विविध विषयमा छलफल हुने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिनुभएका पार्टीका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणको बारेमा समेत छलफल हुने बुझिएको छ ।

यस बाहेक पार्टीको आगामी केन्द्रीय समितिको बैठक तथा भातृ र शुभेच्छुक संस्थाका बारेमा समेत छलफल हुने महामन्त्री शर्माले बताए। कांग्रेस पदाधिकारी बैठक बुधबार पनि बसेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार