पानीको अभावले नाकाबासी काकाकुल

शिवु खनाल २८ बैशाख २०८०, बिहीबार उज्यालो फोकस

देउखुरी । भारतसंग सीमा जोडिएको दाङको सीमा नाकामा खानेपानीको अभावले नाकाबासीहरु काकाकुल बनेका छन् । सीमा नाकाका गाउँका कुवा, जरुवा र खोलाका मुहान सुकेसँगै चुरे क्षेत्रका बस्तीमा खानेपानीको अभाव चुलिएको हो । हिजोआज खानेपानीका लागि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता छ । कुवा, जरुवा र खहरे खोलामा थोरै मात्रामा आउने पानी अपुग भएको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाका निवासी देविराम सुनारले गुनासो गर्नुभएको छ । उनले सीमा नाकाका गाउँमा पछिल्ला वर्षयता खानेपानीका स्रोत चाँडै सुक्न थालेको बताए । यहाँको चुरे भेगमा पर्ने गुरुङ्ग, सुकौली, सिरिया, पटौली, बरुवा, सुख्खा, कल्याणपुर लगायत दर्जनौँ सीमा नाकाका बस्ती खानेपानीको अभावले काकाकुल बनेका हुन् । राजपुर गाउँपालिका वडा नम्बर १ सुकौलीनाका निवासी दिलसरा सुनारले मानिस र पशुचौपाय दुबैले पानीको अभाव भएको दुखेको पोख्नुभयो ।

जिल्लामा ३४ वटा खुला सीमा नाकाहरु रहेका छन् । उक्त सीमा क्षेत्रमा खानेपानीको चरम अभाव छ । सीमा नाकामा बसोबास गर्ने नाकाबासीहरुले खोलाको पानी पिउन बाध्य छन्, उनले भने,–। ‘हिजोआज पानीको असाध्य दुःख छ, मान्छेलाई खाने दुई गाग्रो पानी जुटाउन नै गाह्रो छ, पशुचौपायलाई खुवाउन र सरसफाइका लागि त झन् कहाँबाट ल्याउनु रु ‘गाउँको कुवा, जरुवा र खोलामा केहीबेर आउने पानीले सबैलाई पुग्दैन, थोरै मात्रामा आउने पानी थाप्न सधँै लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय नाकाबासीहरुले खानेपानी लिन गाग्रो बोकेर एक गाउँबाट अर्को गाउँसम्म पुग्ने गरेका छन् ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ खिरर्कीनाका निवासी सुशिला खड्काले आफ्नो गाउँका स्थानीय बासिन्दा पानी लिनका लागि दैनिक जंगल छिचोलेर भइल खोला पुग्ने गरेको जानकारी दिए ।
खिरर्की नाकाका विभिन्न गाउँकै स्थानीयवासीलाई भइल खोलाको पानी अपुग भइरहेका बेला आफूहरू समेत त्यही खोलामा पानी लिन पुग्दा ठुलो भिड लाग्ने गरेको उनले बताए । सीमा नाकाका विभिन्न गाउँका प्रायः सबै बस्तीमा अहिले खानेपानीका लागि यस्तै समस्या छ  । यता राजपुर गाउँपालिका वडा नम्बर ७ गम्भिरा नाका यज्ञ विवस गातामेले खानेपानीको स्रोत सुक्न थालेपछि सीमा नाकाका गाउँमा ट्याङ्करबाट पानी ओसारेर स्थानीयवासीलाई पानी खुवाउनुपर्ने अवस्था सृजना भएको बताए ।

सीमा नाका खानेपानीको अभावले सार्छ बसाइँ

भारतसंग सीमा जोडिएको दाङको सीवमावर्ती क्षेत्रमा खानेपानीको चरम अभाव भएपिछ सर्वसाधारण बस्ती नै छोडेर अन्यत्र बसाइँ सरि रहेका छन् । पानीको कुनै मुहान नहुनु र भएको पनि गर्मी नलाग्दै सुके पछि सीमा क्षेत्रमा बासोबास गर्ने नाकाबासीहरु वर्षेनी बसाइँ सरिरहेका छन् । राजपुर गाउँपालिका वडा नम्ँबर ७ खिरर्कीनाकामा केही वर्ष अगाडि ५२ भन्दा बढी घरधुरी थियो । अहिले पाँच सात घरधुरी रहेको छ । घरधुरी घट्नुको मुख्य कारण नै खानेपानीको अभाव हो । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी लिलाराम विकले खिरर्कीनाकाबाट चार÷पाँच वर्षको अवधिमा दर्जनौ भन्दा बढी घरधुरी खानेपानीकै कारण बसाइँ सरेको बताए ।

जिल्लामा भारतसंग सीमा जोडिएको ३४ वटा खुला सीमा नाका रहेका छन् । यी बस्तीबाट वर्षेनी कुनै न कुनै परिवार बसाइँ सरिरहेको छ । बस्तीमा खानेपानीको जोहो गर्न खोलामा इनार बनाइएको छ । तीमध्य केही इनार फागुनमै सुक्छन्, उनले भने,–। ‘खोलामा केही इनार मात्रै पानी छ । त्यो पनि देख्दा दूषित देखिन्छ । सीमा नाकाका गाउँमा पानी जस्तो देखिए पनि खानै पर्ने बाध्यता छ ।’ सीमा नाका गाउँमा खानेपानीको अभाव भइरहदा पनि यस विषयमा राजपुर गाउँपालिका मुखदर्शक भएर बसेको स्थानीयहरुले गुनासो पोखेका छन् । गाउँपालिक केन्द्रले यस्तो गम्भिर विषयमा ध्यान नदिदाँ नाकाबासीहरु सास्ती खेप्नुपरको हो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार