गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण

उज्यालो प्रतिनिधि २७ बैशाख २०८०, बुधबार समाचार

धादिङ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५ वितरण गरिएको कृषि प्राविधिक टीकाराम खतिवडाले जानकारी दिए ।

किसानले रु १३ हजार नौ सय तिरेर अनुदानमा पाएका सात हर्सपावरका पेट्रोलबाट चल्ने मिनीटिलर वडा नं ८ मा एक सय १२ जनालाई, वडा नं ७ मा चारलाई, वडा नं १ मा तीनलाई र वडा नं ५ मा १६ जनालाई वितरण गरिएको छ ।

यसैगरी किसानले रु २४ हजार दुई सय ५० तिरेर डिजेल इन्जिन सात हर्सपावर क्षमताको वडा नं ४ मा नौलाई र वडा नं ८ मा एक जनालाई वितरण गरिएको थियो । गाउँपालिकाले इबिडिङमार्फत बोलपत्र आह्वान गरेपछि ठेकेदार कम्पनीले पालिकामा सामग्री उपलब्ध गराएपछि किसानलाई वितरण सुरु गरेको हो ।

गाउँपालिकाले सात हर्सपावरका एक सय २८ डिजल इन्जिन मिनीटिलर वितरण गर्ने छ । किसानले रु १३ हजार पाँच सय तिरेर एक सय २५ थान कम्बाइन्ड मिल, रु छ हजार तिरेर १५ थान मकै छोडाउने मेसिन, ब्रस कटर, आठ किसानले रु चार हजार चार सय सात तिरेर १२ थान डिजिटल तराजु, किसानले रु छ हजार तिरेर दुई थान फुट स्प्रेयर, रु दुई हजार तिरेर चार थान मकै रोप्ने मेसिन र रु २४ हजार तिरेर ११ थान कोदो चुट्ने मेसिन वितरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिए ।

पालिकाले ५० प्रतिशत व्यहोरेपछि किसानले ५० प्रतिशत रकम बुझाएर सामग्री लगेका हुन् । कृषि औजार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारीलगायतको सहभागिता थियो । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गरी जनताको आम्दानी बढाउन कृषियन्त्र मागका आधारमा वितरण गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार