बेपत्ता पराजुली मृत फेला

उज्यालो प्रतिनिधि २६ बैशाख २०८०, मंगलवार समाचार

ताप्लेजुङ । पाथीभरा दर्शनका लागि जाने क्रममा शुक्रबारदेखि बेपत्ता हुनुभएका झापाअर्जुनधारा नगरपालिका– ५ का लोकप्रसाद पराजुली मृत अवस्थामा फेला पर्नुभएको छ । पाथीभरा क्षेत्रको माथिल्लो फेदीदेखि करिब अढाइ किलोमिटर उत्तर तर्फको जङ्गलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

मानसिकरुपमा सामान्य अस्वस्थ रहनुभएका ६० वर्षीय पराजुली आज बिहान मृत अवस्थामा फेला परेको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार भरियामार्फत मन्दिर जाँदै गर्दा बीचबाटोमै पिसाब फेर्न भन्दै निस्किनुभएका पराजुली उक्त समयदेखि नै बेपत्ता हुनुभएको थियो । पिसाब फेर्न निस्किनुभएका पराजुली लामो समयसम्म नफर्किएपछि आफन्त, स्थानीय र प्रहरीको टोली खोजीमा लागेको थियो ।

झापाबाट गत १९ गते श्रीमति, छोरा, बुहारी, नातिनी र आफन्तसहित आउनुभएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीस्थित होटलमा बसेर बिहान भरियामार्फत मन्दिरतर्फ जानुभएको थिए । पराजुलीको शव कानुनी प्रक्रिया पूरा गरेर निकाल्ने तयारी भएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार