चार महिनामा अमेरिकामा २०७ गोलीकाण्ड

उज्यालो प्रतिनिधि २६ बैशाख २०८०, मंगलवार विश्व

वाशिङ्टन । सन् २०२३ को मे ७ सम्ममा अमेरिकामा २०७ गोलीकाण्ड भएको सीएनएनले उल्लेख गरेको छ। सन् २०१३ यता २०२३ को चार माहिनामा भएको गोलीबारी सबैभन्दा बढी देखिएको  छ। अमेरिकामा सामूहिक गोलीबारीहरू सीएनएनद्वारा गन वाइलेन्स आर्काइभबाट डेटा प्रयोग गरेर ट्र्याक गरिएको हो । गैरसैनिकहरूले पनि

सहजरूपमा बन्दुक राख्न पाउँने कानूनका कारणले अमेरिकामा अपत्यारिला  र अप्रत्यासित गोलीकाण्ड घट्ने र निहत्था  व्यक्तिहरूको ज्यान जाने क्रम बढ्दो मात्रामा छ । सम्बन्धित हिंसा ट्र्याक गर्न सन् २०१३ मा गठन गरिएको यो एक गैर-लाभकारी समूह हो ।

अमेरिकाको लस भेगासस्थित भोन टोबेल मिडिल स्कुलमा गोली चल्दा एकजना घाइते भएको लस भेगास महानगरीय प्रहरीले सोमबार (स्थानीय समय) बताएको छ ।लस भेगास मेट्रोपोलिटन प्रहरीले लस भेगास गोलीकाण्डको अनुसन्धान गरिरहेको छ। गोली लागेर घाइते भएका व्यक्तिलाई युनिभर्सिटी मेडिकल सेन्टर लगिएको छ ।
लस भेगास मेट्रोपोलिटन पुलिसका अनुसार घटना अझै  सेलाएको छैन। लस भेगास मेट्रोपोलिटन पुलिसले यसकोआधिकारिक ट्विटर ह्यान्डलमा  लेखेको छ -“हामी भोन टोबेल मिडलमा भएको गोलीकाण्डको अनुसन्धान गरिरहेका छौं।”

यसअघि डलासको बाहिर एउटा मलमा शनिबार भएको गोलीकाण्डमा बन्दुकधारीसहित कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय प्रहरीका अनुसार द हिलले जनाएको छ । एलेन फायर डिपार्टमेन्टले नौ जनालाई क्षेत्रीय अस्पतालमा पुर्याएको एलेन फायर डिपार्टमेन्टका प्रमुख जोनाथन बॉयडले बताएका छन्। एलेन प्रिमियम आउटलेटमा सात जनाको घटनास्थलमा मृत्यु भएको थियो र अन्य दुईलाई अस्पतालमा मृत घोषित गरिएको थियो। अन्य तीन जनाको अवस्था गम्भीर रहेको द हिलले जनाएको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार