काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रति इंगित गर्दै चोर नेता भनेका छन् ।
गएराति मेयर शाहले आफ्नो सामाजिक संजाल फेसबुक स्ट्याटस मार्फत नयाँ र पुरानो सबै नेता चोर हुन भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले उक्त भनाईको प्रतिवाद गरिरहेका छन् ।
उनले फेसबुकमा लेखेका छन् ‘नयाँ,पुरानो सबै नेताहरु चोर हुन्,कसैलाई देशको माया छैन ।’ नयाँ भन्ने बित्तिकै भर्खरै स्थापना भएका रास्वपाका नेताहरू र पुरानो भन्नले एमाले, कांग्रेस, माओवादी र राप्रपा लगायतका दलहरू प्रति लक्षित गरेको बुझेका छन् ।
निर्वाचनको समय चितवनमा छतबाट खसेर गम्भीर घाइते भएका लामिछानेका ड्राइभरको निधनलाई लिएर विभिन्न आरोप/प्रत्यारोप चलिरहेको समय मेयर शाह किन एक्कासि रवि माथि खनिए यसलाई अर्थपुर्ण तरिकाले हेरेका छन् ।
पछिल्लो समयमा उनले नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए । उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् ।