विश्व खाद्य कार्यक्रमले सुडानमा पुन : काम थाल्यो

उज्यालो प्रतिनिधि १९ बैशाख २०८०, मंगलवार विश्व

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले युद्धग्रस्त सुडानमा पुनः सेवा प्रवाह थालेको छ । गत महिनाको मध्यदेखि प्रारम्भ भएको भीषण युद्धका कारण स्थगन भएका डब्ल्यूएफपी कार्यक्रम पुनः सञ्चालन गरिएका हुन् ।

संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण प्रभावित भएका तथा त्यसबाट भोखमरी उत्पन्न हुनसक्ने ज सुडानको जटिल अवस्थालाई दृष्टिगत गरी डब्ल्यूएफपीले आफ्ना कार्यक्रम अस्थायी रूपमा सञ्चालन गरेको हो । खाद्यान्न वितरणका निम्ति स्थगन गरिएका कार्यक्रम हाललाई अस्थायी रूपमा सञ्चालन हुनेछन् ।

सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच गत एप्रिल १५ देखि सुरु भएको भीषण युद्धको पहिलो दिन डब्ल्यूएफपीका तीनजना कर्मचारी उत्तरी डार्फुंरमा मारिएपछि डब्ल्यूएफपीले आफ्ना सबै गतिविधि रोकेको थियो ।

डब्ल्यूएफपीका कार्यकारी निर्देशक सिन्डी म्याक्केनले युद्ध सुरु हुनुअगावै चरम खाद्यान्न अभाव झेल्ने अवस्थामा पुगेका करिब एक करोड ५० लाख सुडानीलाई खाद्य सहयोग आवश्यक रहेको बताउँदै द्वन्द्वका बीच पनि डब्ल्यूएफपीले सुडानका चार प्रान्तमा खाद्यान्न वितरण गर्ने जानकारी दिएका छन् । द्वन्द्व जारी रहेमा खाद्य संकटको मारमा अझ धेरै नागरिक पर्ने चेतावनी पनि दिएका छन् ।

चार करोड असी लाख जनसङ्ख्या भएको सुडान अफ्रिका महादेशको तेस्रो ठूलो जनघनत्व भएको देश हो । “युद्ध चर्कनुअघि नै एक करोड ६० लाख सुडानी मानवीय सहायताको आशाम बसेका थिए, डार्फुरबाट मात्र करिब ३७ लाख पलायन भएका छन्,” सुडानमा बढ्दै गएको मानवीय संकटप्रति चिन्ता व्यक्त गर्दै कार्यकारी निर्देशक म्याक्केनले आज जारी गरेको वक्तव्यमा भनिएको छ ।

सुडान युद्धमा करिब ५५० जनाले ज्यान गुमाएका तथा झण्डै पाँच हजार घाइते भएका संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् । दुई लाखभन्दा बढी सुडानी देशबाट बाहिरिएका छन् । रासस/एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार