‘मैले पद पाए पार्टी बन्छ,नपाए बन्दैन भन्ने दृष्टिकोण समग्र माओवादी आन्दोलनको लागि घातक’- सांसद दोङ

उज्यालो प्रतिनिधि १९ बैशाख २०८०, मंगलवार समाचार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् काभ्रे क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुर्यमान दोङले पछिल्लो चरण माओवादी भित्र मैले पद पाए पार्टी बन्छ,नपाए बन्दैन भन्ने दृष्टिकोण विकास हुदै गएकाले यो समग्र माओवादी आन्दोलनको लागि घातक रहेको बताएका छन् ।

काभ्रे जिल्ला मण्डनदेउपुर नगरपालिकाको पार्टीको सहायक संगठन वाइसीएल नेपालको नगर भेला तथा मजदुर दिवस कार्यक्रममा पछिल्लो चरण माओवादी भित्र व्यक्तिवादले व्यापक बर्चस्व जमाएको बताएका छन् । उनले भने जनयुद्धको बेला पद मुख्य कुरा थिएन काम मुख्य थियो तर आज कुनै पनि पदमा आफु नहुने बित्तिकै नेतृत्व र पार्टी खतम भयो भनेर आलोचना गर्दै हिड्ने परिपाटी बन्दै गएको छ यसले पार्टीलाई सहि दिशामा पुर्याउदैन ।

‘नेपालमा नयाँ पार्टीहरुको उदय भएको छ यसलाई हामीले वर्षायामको खहरेखोला मात्रै सम्झे पुरानो भन्ने पार्टीका लागि ठुलो चुनौती हुनसक्छ । नयाँ दलको उदयको कारण हामी नेताहरू प्रति जनताको अविश्वासको पनि प्रतीक हो । हामी संग सयौं मुद्दाहरु छन्, कयौं मुद्दाहरु बलिदानको जगमा स्थापित पनि भइसके तर ती कामको जस माओवादीले लिन सकेको छैन कारण माओवादी भित्रको फुट र फुट पछि कार्यकर्तामा पलाएको चरम निराशाका कारण हुन’ दोङले बताए ।

वाइसीएल भेला तथा मजदुर दिवसको अवसरमा उपस्थित सयौं नेता कार्यकर्ताहरु माझ दोङले माओवादीहरु निराशा हुनुपर्ने कुनै त्यस्तो खास कारण नभएको बताए । उनले भने ‘१७,१८ जनाले सुरु गरेको जनयुद्धले आज लाखौं सक्रिय कार्यकर्ताहरु जन्माइसकेका छन् । कांग्रेस/एमालेका नेताहरूको जस्तो भ्रष्टचारको दाग माओवादी नेताहरूको अनुहारमा परेको छैन । मात्रै जनयुद्धमा देखाएका सपनाहरु सबै पूरा भएनन् भन्ने हो तर हामी त्यसका लागि निरन्तर त्यसका लागि लडिरहेका छौँ ।’

माओवादी नेतृत्व र पार्टी माथि चौतर्फि प्रहार हुदा पनि केही माथिल्लो स्तरका नेताहरूको मौनताले भने कार्यकर्ताहरुलाई सोच्ने बाध्य बनाएको बताए । ‘ हामी एउटै डुङ्गामा यात्रा गरिरहेका छौँ, डुङ्गा दुर्घटना भए सबै डुब्ने नै हो तर सबै प्रहारको सामना भने पार्टी अध्यक्ष एक्लैले गर्नुपर्ने जस्तो व्यबहार देखिन्छ । यसले त समग्र माओवादी आन्दोलनलाई घात गर्छ’ दोङले बताए ।

उक्त भेलाबाट वाइसीएल मण्डन देउपुर नगरपालिकाको अध्यक्षमा सन्तोष तामाङ सहित २९ जनाको कार्यसमिति निर्माण भएको छ । भेलामा काभ्रे जिल्ला संयोजक भोला अर्याल, वाइसीएल केन्द्रीय सचिव अभिलास तामाङ लगायतका नेताहरूको उपस्थिति थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार