‘जेठिला माया आम्लोङ ताजी’ गीतको (म्युजिक भिडियो) छायांकन सम्पन्न

उज्यालो प्रतिनिधि १८ बैशाख २०८०, सोमबार कला मनाेरञ्जन

काठमाण्डौं । बिर ब.तामाङ गोङ्बोको जेठिला माया आम्लोङ ताजी गीतको (म्युजिक भिडियो) भरखरै छायांकन सम्पन्न भएको छ ।

पारिवारिक यथार्थ कहानिमा बनेको उक्त गीतमा निक्कै ठट्यौली पाराले जुहरिको रुपमा शब्द रचना गरिएको छ । परिवारभित्र भएको दोस्रो बिवाहा र त्यसपछिको अवस्थालाई समेत उजागर गरेर शब्दहरु रचिएका छन् र ती शब्दहरुमा उत्तीकै मीठो तवरले संगीत भरीएको छ । यस गीतको गीतकार तथा संगीतकार बिर ब.तामाङ गोङ्बो हुन् । गीतमा बिर ब.तामाङ गोङ्बो स्वयम र चर्चित गायिका जितु लोप्चानको स्वर रहेको छ भने मिक्सिङ एरेन्ज अर्पनले गरेका छन् ।

अहिले यस गीतको भिडीयो छायाङ्कन पस्चात सम्पादन र पोस्ट प्रोडक्सनको काम धमाधम भइरहेको छ । भिडियोमा निर्देशन तामाङ चलचित्रका महानायक अमिर दोङको रहेको छ भने कोरियोग्राफर हेरुका लामा बल रहेको छ । भिडियो छायाङ्कन तथा ड्रोन अपरेटरको भूमिकामा भने त्रिलोक लामा रहेको छ ।

भिडियोको मुख्य भूमिकामा अमिर दोङ र अम्बालिका तमाङलाई देख्न सकिनेछ । अतिथी कलाकारहरुमा हांस्या कलाकार कुइसाङ रुम्बा, लुक्सी तमाङ, नायिका तथा मोडल क्रिश्मा वाइबा र छेडुप दोङलाई देख्न सकिनेछ ।

गायक तथा संगीतकारद्वय बिर ब.तामाङ गोङ्बोले यस अघि आङिला जामे, म्हाबर ल्हा, तिगा ताबा धर्सेला छामे कोला, फा म्हाईसि म्योदामजिम, क्युङ्बा कालाङ्सि, म्हेन्दो धोसि टिउ ए माया, ति धिङ ङ्हि धिङ, सुन चुरा, ज्योन गाउले ल्होछार गीत, क्राचम थैकट लगायत तिन दर्जन भन्दा धेरै गीतहरु बजारमा ल्याइसकेका छन ।

भरखरै छायाङ्कन सम्पन्न भएको जेठिला माया आम्लोङ ताजी भिडोयो निर्माणका प्रोड्युसर भने बिर ब.तामाङ गोङ्बो र रिपु योन्जन रहेका छन । भिडियोको मेकअप आर्टिस्ट रेशम लामा रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार