लोकतन्त्रमा श्रमको सम्मान : मुख्यमन्त्री पाण्डे

उज्यालो प्रतिनिधि १८ बैशाख २०८०, सोमबार गण्डकी प्रदेश

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताए ।अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले दिनरात श्रम गरेर हातमुख जोर्ने श्रमजीवीको हक, अधिकार र स्वतन्त्रतालाई स्थापित गरेर सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

देशका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिन सकेमात्र यो वर्गको उचित सम्मान हुने सन्देशमा भनिएको छ ।

शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा नेपाली श्रम क्षेत्रमा अझै पनि अनेकन समस्या रहेको भन्दै मुख्यमन्त्री पाण्डेले ती समस्या क्रमैसँग समाधान गर्दै मजदुर वर्गको हक, हित र सुरक्षाका लागि गण्डकी प्रदेश सरकार सदा प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सकेमात्र राजनीतिक परिवर्तनले सार्थकता पाउनेमा जोड दिँदै उहाँले देशविदेशका सम्पूर्ण नेपाली दिदीबहिनी-दाजुभाइमा विश्वभरका श्रमिकको अधिकार स्थापित भएको यस दिवसका अवसरमा सुख, शान्ति, समृद्धि एवं श्रम अधिकार सुनिश्चितताको कामना पनि गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार