देउखुरी । भारतसंग सीमा जोडिएको दाङको सीमा नाकामा बसोबास गर्ने नाकाबासीहरुले नुनदेखि औषधी उपचार गर्नका लागि जाने भनेको भारतीय बजारमा हो । जिल्लाको पूर्वमा रहेको अर्नानाका देखि पश्चिम भौवा नाकाका स्थानीयहरुले किनमेलदेखि लिएर औषधी उपचार गर्नका लागि भारतको बालापुर, तुलसीपुर, हरैया, मणिपुर, भरसैया, सिरसिया, चिलडियामोड बजारमा दिनहुँ ठूलो संख्यामा नेपालीहरु जाने गर्छन् । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेल गर्न भारतीय बजार जाने भएकाले सिंगो व्यापार व्यवसायलाई नेपाली ग्राहकले धानेको उनका व्यापारीहरुले सहजै स्वीकार गर्छन् । किन भने आफ्नै नेपाली भुमि हुदैँ देउखुरी क्षेत्रमा रहेको बजारसम्म जानका लागि गतिलो बाटाघाट नहुँदा । किनमेल र अन्य कामका लागि भारतीय बजारमा जाने प्रायः नेपाली नागरिकले भारतीय एस।एस।बीबाट दिनहुँ फरक व्यवहार पाउने गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार प्रायःजसो दिन भारतीय एस।एस।बीले क्याम्पमा कुनै न कुनै नेपाली नागरिकलाई अभद्र ब्यवहार जस्ता ज्यादती गरिरहेका हुन्छन् ।
‘आफ्नै नेपाली भुमिमा जाने गतिलो सडक नभएकै कारण भारतीय बजारमा किनमेल र अन्य कामका लागि जानुपर्ने बाध्यता रहेको छ, राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले भने,–। ‘सीमा नाकामा बसोबास गर्ने नाकाबासीहरुलाई शासन मात्रै नेपालको रासन भने भारतको भरपर्नु अवस्था रहेको छ । रासन लिन जाने क्रममा जहिल्यै भारतीय एस।एस।बी।ले क्याम्पमा सताउने गरेको छ । पीडितले नेपाली नेपाली प्रशासनलाई घटनाबारे जानकारी गराएपनि एस।एस।बी।को ज्यादती भने रोकिएको छैन ।’ भारतीय एस।एस।बी।बाट पीडित भएका नेपाली नागरिकहरु न्यायका लागि जाने ठाउँ छैन । ‘कुनै कामका लागि भारत जाने नेपालीलाई त्यहाँका सीमा क्षेत्रको दशगजमा क्याम्प स्थापना गरि बस्ने भारतीय एस।एस।बी।ले गर्ने ब्यवहार कत्तिपनि राम्रो छैन । मित्र राष्ट्र भनेर केगर्नु, सत्रुको जस्तो व्यवहार गरेपछि ।
किनमेलका लागि भारत गएको होस, या अन्य कामका लागि आवत–जावत गर्दा नेपालीले विभिन्न बहानामा सास्ती खेप्नु परेको छ । यस विषयमा गाउँपालिका केन्द्र एक सास बोल्दैन । नेपाली नागरिकहरु प्रायः भारतीय सीमा सुरक्षा बल एसएसबीबाट बढी पीडित भइरहेको नाकाबासीहरुको भनाई रहेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र अन्तरगत जिल्लामा साना–ठूला गरि ३४ वटा खुला सीमा नाका रहेका छन् । जिल्लामा ८३ किलोमिटर क्षेत्रमा पूर्वपश्चिम सीमा सडक रहेको छ । जसअनुसार भारती क्षेत्रमा प्रत्येक पाँच–पाँच किलोमिटरको फरकमा भारती सीमा सुरक्षा बलको क्याम्प रहेको छ भने नेपालमा सशस्त्र प्रहरी बल नेपालको बि।ओ।पी।हरु स्थापना भइरहेको छन् । केही सीमा नाकामा नेपाल प्रहरीको सीमा चौकीहरु पनि रहेको छ । नेपाल–भारत खुला सीमा नाका हुँदै नेपाली मजदुर रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गर्दछन् । त्यसरी आवत–जावत गर्ने नेपाली मजदुरहरु पनि भारतीय एस।एस।बीको निसानामा पर्ने गर्छन् । चेकजाँचका नाममा नेपाली मजदुरसँग जबरजस्ती तथा दुव्र्यवहार गर्ने गरेको पीडित मजदुरले पटक–पटक गुनासो गर्दै आएका छन् । तर सुनुवाई भने कहिकतैबाट भएको पाइदैन ।
पीडितले नेपाली सुरक्षाकर्मीलाई घटनाबारे जानकारी गराएपनि एसएसबीको ज्यादती रोकिएको छैन । भारतीय सीमा सुरक्षा बल(एसएसबी) सामु नेपाली सुरक्षाकर्मी निरीह हुन्छन् । नेपालीमाथि गरेको ज्यादतीबारे उनीहरु भारतीय सुरक्षाकर्मीसँग प्रश्न गर्ने आँट समेत गर्दैनन् । भारतीय सुरक्षाकर्मीको ज्यादती खेपेका नेपालीका पीडा र गुनासा नेपाली सुरक्षाकर्मी समक्ष आईरहन्छन् । दुई देशका नागरिकलाई सहज आवत–जावत गराउन भारतीय जनपद प्रहरीसँग आवश्यक समन्वय गरिरहेको नेपाली सुरक्षाकर्मीहरुले बताउछन् ।