सिद्धार्थ राजमार्ग राति बन्द हुने

उज्यालो प्रतिनिधि १७ बैशाख २०८०, आईतवार समाचार

पाल्पा । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ । राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ ।

शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ ।

रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुरु भएको र माथिबाट खुकुला ढुँगाहरू पहरोबाट झरी काम गर्न जोखिम हुने भन्दै सिद्धबाबा सुरुङ मार्ग योजना बुटवलले अर्को सूचना प्रकाशित नहुँदासम्म रातको समयमा राजमार्ग गर्ने जनाएको छ ।

आयोजनाका अनुसार दिउँसोको समय खुला गरिएको छ । निर्माण व्यवसायीले काममा ढिलासुस्ती गर्दा दिउँसो सवारी चाप अधिक रहेकाले दिउँसोको बन्द हटाएको बताइएको छ । गत चैत २१ गते दिउँसो र रातिको समयमा सडक बन्द गरिँदै आइएको थियो ।

रातिको समयमा सडक बन्द हुँदा सो समय अवधिभर विभिन्न ठाउँमा सवारी साधन रोक्ने व्यवस्था मिलाइएको सुरुङ मार्ग योजनाले जनाएको छ । सो समयमा पाल्पाबाट जाने सवारी साधनहरू जडीबुटीचोक, सत्यवती जाने बाटोमा व्यवस्था मिलाइएको छ भने बुटवलबाट आउने सवारी साधानहरू चिडियाखोला तल्लो सिद्धबाबा मन्दिरमा रोक्ने व्यवस्था गरिएको योजनाले जनाएको छ ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनमार्फत काम भइरहेको छ । सडक बन्द रहेको समयमा आकस्मिकरूपमा यात्रा गर्नुपर्ने र सानारमझौला सवारी साधनका लागि दोभान–नुवाकोट खण्डको भित्री सडक प्रयोग गर्न सकिने छ । यस सडकखण्डमा पटक पटक सडक बन्द गरेर काम गरिरहँदा यात्रुले सास्ती खेप्नु परिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार