वडा प्रहरी कार्यालय लमहीलाई नगरपालिकाकाे सहयोग

शिवु खनाल १७ बैशाख २०८०, आईतवार समाचार

देउखुरी । लमही नगरपालिकाले वडा प्रहरी कार्यालय लमही र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीलाई जनचेतनामूलक ट्राफिक सामाग्री सहयोग गरेकाे छ । शहरीकरणकाे व्यवस्थापन र बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउन लमही नगरपालिकाले राेड डिभाइडेट ६ वटा, नाे पार्किङ् स्ट्यान्डर्ड १०, ठूलो जनचेतनामूलक बाेर्ड १० वटा, सानाे जनचेतनामूलक बाेरड २० वटा, चेकिङ्ग बाेर्ड ९ वटा, लमहीकाे नक्सा १ वटा र वडा प्रहरी कार्यालय लमहीकाे कार्यालय बाेर्ड सहयोग गरेकाे जनाएको छ ।

सम्भावित दुर्घटना न्यूनीकरण गर्न र व्यवस्था शहरको निर्माण गर्ने उद्देश्यले नगरपालिकाले दुई लाख मूल्य बराबरको ट्राफिक सामाग्री प्रदान गरेको लमही नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिए।
घरेलु हिंसा तथा कानुनी व्यवस्था, जातीय छुवाछूत थथा भेदभाव सम्बन्धि कसुर, बहुविवाह तथा कानुनी व्यवस्था, जबर्जस्त करणी तथा कानुनी व्यवस्था, लागू पदार्थ दुव्र्यसनी तथा कानुनी व्यवस्था उल्लेखित जनचेतनामूलक सुचनाहरूका ट्राफिक सामाग्री हस्तान्तरण गरिएको हाे ।

यता लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरीले मानवीय कमजोरीकै कारण धेरैजसो सवारी दुर्घटना निम्तने भएकाले जनसमुदायमा ट्राफिक व्यवस्थापनसम्बन्धी जनचेतना जगाउने आवश्यक रहेको बताए । उनले साँघुरा सडकमा ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताउँनुहुदै, सडकमा सवारी चलाउने र पैदलयात्रा गर्ने दुबैलाई जनचेतना जगाउन यस सामाग्रीबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी याेगीले सवारी दुर्घटनामा सानो कमजोरीले ठूलो क्षति हुने गरेकाे बताउनुहुदैँ, चालक र सर्वसाधारणले सावधानी अपनाउन सके सम्भावित दुर्घटना हुनबाट जोगिन सकिने बताए। उनले यसका लागि ट्राफिक नियमको पूर्ण रुपमा पालना हुन जरुरी रहेको बताए ।

लमही नगरपालिका नगर प्रमुख जाेगराज चाैधरी र उपप्रमुख लक्ष्मी याेगि, १, ३ र ६ नम्बरका वडध्यक्षहरूले संयुक्तरूपमा वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शंक श्रेष्ठ र अस्थायी ट्राफिक पाेष्ट लमहीका प्रमुख अध्यक्ष बिष्टले इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख सुजन बिक्रम शाह र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका प्रमुख लक्ष्मण बहादुर ऐरलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएकाे थियाे ।

वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले सम्भावित दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सामाग्रीले सहयोग पुग्ने बताउनुभएकाे थियाे । उनले सम्भावित अपराध नियन्त्रण गर्ने महत्त्वपूर्ण टेवा पुग्ने बताए। कार्यक्रममा लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामाेदर पाैडेल, वडा नम्बर ३ का मनाेज चाैधरी र वडा नम्बर ६ का वडाध्यक्ष श्याम चाैधरी, पत्रकार शिवु खनाल लगायतको सहभागी रहेको थियोे । कार्यक्रमकाे सहजिकरण लमही नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले गर्नुभएको थियोे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार