जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

उज्यालो प्रतिनिधि १७ बैशाख २०८०, आईतवार समाचार

जनकपुर । त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ ।

नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिबार भने जानकी मन्दिरमा विशेष पूजा, दिपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो ।

तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न आफैँ खेतमा हलो जोत्न लागेको बेला वैशाख शुक्ल नवमीका दिन माता जानकी धर्तीबाट प्रकट हुनुभएको किंवदन्ती छ ।

त्यही दिनको सम्झना र माता जानकीको सम्झनामा शनिबार बिहानै ऐतिहासिक दूधमती नदीमा शाही स्नान, माता जानकी दिउँसो १२ बजे प्रकट हुनुभएको किंवदन्तीअनुसार जानकी मन्दिरमा प्राकट्य महोत्सव, बेलुका डोला शोभायात्रा, साँझ दिपावली र राति बधैयागानसहितका कार्यक्रम आयोजना गरियो ।

यस अवसरमा हिन्दू धर्मका विभिन्न सङ्घसंस्था तथा समाजहरूले शनिबार दिउँसो जनकपुरधाममा धार्मिक -याली निकालेका थिए । त्यसैगरी विश्व हिन्दू परिषद् नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा विगत वर्षहरूमा जस्तै अलौकिक कन्या पूजन् एवं सम्मान समारोहको आयोजना गरेको परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार