पर्यटन मन्त्रीको पशुपति सरसफाइ अभियानमा वाइसीएलको साथ !

उज्यालो प्रतिनिधि १६ बैशाख २०८०, शनिबार समाचार

काठमाडौं । ‘स्वच्छ पशुपति,सफा पशुपति र हराभरा पशुपति’ भन्ने मुल नारा बोकेर केही दिन यता प्रत्येक शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सुरु गरेको अभियानमा वाइसीएल नेपाल सहभागी भएका छन् ।

माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल(वाइसीएल) का अध्यक्ष सुबोधराज शेर्पालीको नेतृत्वमा मन्त्री किराँतीले संचालन गरिरहेको उक्त सरसफाइ अभियानमा वाइसीएलको टोली सहभागी भएको थियो ।

पशुपतिको करातेश्वर आसपासमा विहान ठिक ०८:०० बजेदेखि १०:३० सम्म वाइसीएलका दर्जनौं नेता कार्यकर्ताहरु कुचो र झाडु बोकेर त्यहाँ पुगेको वाइसीएल प्रचारप्रसार विभाग प्रमुख नवराज आयरले उज्यालो नेटवर्कलाई जानकारी गराए ।

मन्त्री किराँतीले शुरु गरेको तीन महिने पशुपति क्षेत्र सरसफाइ अभियानमा उत्साहजनक देखिएको छ । यस अभियानमा सरसफाइ संगै वृक्षरोपण समेत गरिएको छ । प्रत्येक शनिवार बिहानको समयमा गरिने यो अभियान फागुन २८ गतेदेखि शुरु गरिएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार