कर्मचारीको सेवाप्रवाह चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिन्छ : मन्त्री मोदी

उज्यालो प्रतिनिधि १५ बैशाख २०८०, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारीहरुको सेवा प्रवाहमा चित्त नबुझे जनताको आक्रोश सरकारमाथि पोखिने बताएका छन् ।नेपाल आयल निगमन कर्मचारी युनियनको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । “जनतासँग सिधै जोडिने भनेको जनता हो, कर्मचारीको सेवाप्रवाहमा यदि चित्त बुझेन भने जनताको आक्रोश सरकारमाथि पोखिन्छ” उनले भने, “त्यसकारणले कर्मचारीहरुले सेवाग्राहीलाई सन्तुष्ट हुनेगरी सेवा प्रदान गर्नुपर्दछ ।”

कर्मचारीहरुले सरकारको नीति र कार्यक्रमअनुसार काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । सरकारको मुल नीतिअनुसार कर्मचारीले काम नगर्दा जनस्तरबाट सरकारको आलोचना हुने गरेको उनले बताए । उनले थपे, “कर्मचारी साथीहरुले सरकारको नीति अनुसार काम गरेन भने सरकारको आलोचना हुन्छ । कर्मचारीहरु वा सम्बन्धित निकायले अपेक्षाकृत परिणाम दिन नसक्दा त्यसको आक्रोश पनि राजनीतिक दलमाथि पर्न जान्छ ।

उनले सबै दल र नेतृत्व लामो राजनीतिक संघर्षबाट उदय भएकाले उनीहरुको योगदानको समेत अवमूल्यन हुने खतरा भएको भन्दै मन्त्री मोदीले भने, “सुशासन कायम गर्ने र मुलुकलाई समृद्धिको बाटोमा लैजान खोज्दा समेत सरकारले अहिले जस पाइरहेको छैन, राजनीतिक आन्दोलनबाट उदाएका नेतृत्वको मूल्यांकन समेत हुन छाडेको छ ।”

कर्मचारीहरुले आफ्नो अधिकारभन्दा पहिले जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रवाह गर्नेतिर ध्यान दिनुपर्ने बताए । “तपाईहरु ट्रेड युनियनमार्फत् आफ्नो अधिकारको लडाईमा लाग्नुहुन्छ, तर तपाईहरुले पहिले जनतालाई सेवा प्रवाह गरेर मात्रै राजनीतिक काममा क्रियाशील हुनुपर्छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार