मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला

उज्यालो प्रतिनिधि १५ बैशाख २०८०, शुक्रबार बागमती

मकवानपुर । मकवानपुर जिल्ला अदालतले चालु आर्थिक वर्षको नौ महिनामा एक हजार दुई सय ९७ मुद्दा फैसला गरेको छ । अदालतबाट देवानी मुद्दा (सम्पत्ति नातासँग सम्बन्धित), सम्बन्धबिच्छेद, चेक अनादर, अंश, लागुऔषध, जबरजस्ती करणी, सवारी ज्यानलगायत मुद्दा सो अवधिमा फैसला भएको जनाइएको हो । अदालतले गत वर्षमा दायित्व सरेर आएका एक हजार दुई सय २० मुद्दा र नयाँ एक हजार पाँच सय आठ मुद्दा दर्ता भई कूल दई हजार सात सय २८ मुद्दा रहेकामा त्यीमध्ये ४७ प्रतिशत मुद्दा फैसला भएको अदालतको एक तथ्याङ्कले जनाएको छ ।

श्रेस्तेदार तीर्थराज भट्टराईका अनुसार अदालतले सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग र अन्य गरी चार भागमा प्रकृतिअनुसार मुद्दा विभाजन गरीे फैसला गरिएको छ । सरल मार्गअन्तर्गत छ महिनासम्म रहेका मुद्दा, सामान्य मार्गमा एक वर्षसम्म रहेका मुद्दा, विशेष मार्गमा १८ महिनासम्म रहेका मुद्दा पर्छ भने अन्यमा फैसला हुन १८ महिनाभन्दा बढी समय लाग्ने मुद्दा पर्छ ।

अदालतमा रहेका एक हजार दुई सय ९७ मुद्दामध्ये सरल मार्गका तीन सय ३४ मुद्दा फैसला भएको छ । सामान्य मार्गका पाँच सय ६५ मुद्दा, विशेष मार्गका दुई सय २४ मुद्दा र अन्य एक सय ७४ मुद्दा फैसला भएको हो । साथै सरल मार्गका छ सय ६२ मुद्दा, सामान्य मार्गका चार सय ८२ मुद्दा, विशेष मार्गका एक सय ९० मुद्दा र अन्य ९५ मुद्दा फैसला हुन बाँकी रहेको उनले जानकरी दिए । गत सोमबार एकै दिन चार न्यायाधीशबाट १५ वटा मुद्दा फैसला भएको बताइएको छ । त्यसदिन ५६ वटा मुद्दाको पेशी भएकोमा २७ वटामा आदेश जारी भएको र १२ वटा मुद्दा स्थगित गरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार