विकासको पर्खाइमा सीमाका ‘नेपाली’

शिवु खनाल १४ बैशाख २०८०, बिहीबार मुख्य नेटवर्क

देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले वर्खाको समयमा देउखुरी क्षेत्रका बजार आउन भारतीय सडक र गाडि प्रयोग गर्नुपर्ने बाध्यता रहेको बताए । आफ्नै भुमि नेपाल जाने सडक भएपनि वर्खाको समयमा सवारी साधान चल्न सक्ने अवस्था नभएपछि सीमानाका भारतीय भुमि हुदैँ कोइलाबास यात्रा गर्छौ । उनले भने,–। ‘नेपाल–भारत सीमा क्षेत्र कोइलाबास नाका हुदँैँ नेपालका बजार जानुपर्ने बाध्यता छ ।’ नेपाली भुमि हुदैँ सीमा नाका जाने सडक भएपनि बर्खामा सवारी साधन चल्न मुस्किल हुने भएकाले भारतीय बाटो भएर फेरी नेपाल पस्नुपर्छ ।’ नेपाल भएर हिड्ने सडकहरु थुप्रै भएपनि एउटापनि सडक राम्रै छैन् । भारतसंग सीमा जोडिएको दाङ जिल्लाका अधिकांश नाकाबासीहरुले अडहर, चना, गहुँ, मसुरो, मकै लगाउतका विभिन्न खेती गर्ने गरेका छन् । उत्पादन भएको बस्तु भारतीय बजारमा विक्रीबाट राम्रो आम्दानी हुन्छ तर, कृषि प्राविधिकको सरसल्लाहा लिन टाढा जानुपर्ने भएकाले तरकारि खेती फस्टाउन नसकेको नाकाबासीहरुको भनाइ छ । सीमा क्षेत्रमा बस्ने नेपालीहरुले सडक मात्रै हैन शिक्षा, स्वास्थ्य, व्यापार, रोजगारका लागि पनि भारतकै प्रयोग पर्नुपर्छ ।

देउखुरी क्षेत्रमा ठूला–ठूला बजार भएपनि सीमा क्षेत्रका बासिन्दा भारतकै बजारमा निर्भर छन् । सीमा क्षेत्रका नेपाली नागरिक हरैया, भर्सैया, सिरसिया, बजार जाने गरेको स्थानीय नाकाबासी पूर्णबहादुर रोकाले बताए । ‘सीमा क्षेत्रमा बस्ने हामी सबैको किनमेलदेखि औषधिउपचार गर्ने बजार भारतकै हुन् । उनले भने,–। ‘सीमा नाकाको विकासमा गाउँपालिका केन्द्र र सदरमुकाम बसेर योजना बनाउनेले वास्था गरेका छैनन् ।’ त्यती मात्रै नभएर सीमा क्षेत्रमा गतिलो अस्पताल अवाभ छ । स्वास्थ्य चौकीमा डाक्टर बस्दैनन् । सीमा नाका बिरामी भारतीय अस्पतालमा उपचारका लागि जाने गरेका छन् । बिषेशज्ञ डाक्टरको उपचार लिन घण्टौ लगाएर भारतीय अस्पताल जानुपर्ने बाध्यता रहेको छ । भारतमा स्वास्थ्य सुविधा लिदा महङ्गो हुने भएपनि बाध्यता भएको राजपुर गाउँपालिका वडा नम्बर ६ कल्याणपुर नाका निवासी सुर्य खत्रीले बताए । संचारका साधन पनि भारतीय नै प्रयोग हुन्छन्, सीमा क्षेत्रमा । धेरैजसो यहाँका नेपालीले भारतीय कम्पनीका मोबाइल प्रयोग गर्दै आएका छन् ।

नेपाल–भारत सीमा नाकामा तरकारी खेतीको प्रशस्त संभावना भएपनि त्यस अनुरुपका योजना यहाँसम्म आइनपुग्दा किसान रोजगारका लागि भारतीय बजार नै भौतारीनु परेको छ । यहाँका युवाहरु भारतका बजारमा गएर ड्राइभर, काठको काम, हेल्फर, कुकको काम गर्दै आएको स्थानीय नाकाबासी लिामन घर्तीले बताए । खुला सीमाना भएकाले यो क्षेत्रमा बस्ने नेपालीका लागि सुरक्षाको बढी चिन्ता हुने गरेको छ । भारतले पाँच किलोमिटरको फरकमा सीमा सुरक्षा बल राखेपनि नेपालतर्फ प्रहरी चौकीहरु र सशस्त्र प्रहरीका (बि.ओ.पी) हरु स्थापना गरिएको छ । अपराध अनुसंन्धानमा बढी खटिने नेपाल प्रहरीको टोली सीमा विवाद हुदा र कुनै घटना भएमा मात्र पुग्ने गरेको सीमा क्षेत्रका बासिन्दाको गुनासो छ । ‘क्षेत्र ठुलो भएपनि आफ्नो साधन श्रोत प्रयोग गरि शान्ति सुरक्षा कायम राख्न लागि गरेका इलाका प्रहरी कार्यालय खांग्रानाकाका प्रहरी इञ्चार्ज रमइ यादवले बताए । ‘सीमा क्षेत्रमा पछिल्लो समयमा सुरक्षा गस्ति पनि बढाएका छौ । सीमा विवाद पटक–पटक भएकाले यहाँको सीमा क्षेत्रको शान्त हुनुपर्ने स्थानीयको भनाइ छ ।’

सीमा क्षेत्र क्लियर नहुदा सीमा विवाद हुदै आएको छ । सीमानामा निरिक्षणका लागि सरकारी अधिकारी बाक्लै आएपनि अहिलेसम्म समाधान नहुदा समस्या उस्तै छ, भैसाहीँ नाका निवासी गोपाल खड्काले भन्नुभयो,–। ‘सीमा क्षेत्रका बासिन्दाका लागि सबैभन्दा समस्या सडक हो । नेपाली भु–भाग भएर वर्षातमा नै गाडि कुद्ने सडक नहुदा भारतीय सडक प्रयोग गर्नु बाध्यता रहेको छ । सडकको सुविधा नहुदा स्थानीयबासीले नेपाल सरकारले दिएका सुविधा उपभोग गर्न पाएका छैनन् । सडक नहुदा सरकारी निकायको नजर पनि नपरेको अवस्था छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार