जुम्लाको बाँइराकामा खानेपानीको समस्या

उज्यालो प्रतिनिधि १४ बैशाख २०८०, बिहीबार समाचार

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ बाइराँका गाउँमा खानेपानीको समस्या भएको छ । सो गाउँका बासिन्दा दशकौँदेखि तिला नदीकै दूषित पानी पिउन बाध्य छन् ।

स्थानीयवासी मीनबहादुर शाही गाउँमा लिफ्टमार्फत् तिला नदीको पानी ल्याइए पनि पर्याप्त नभएको बताए । “अझै खोलाकै पानीको भरमा छौँ”, उनले भने– “बाबु बाजेले खोलाकै पानी खाए, हामीले पनि यही प्रयोग गर्दैछौँ ।” बाइराँका गाउँमा पानी पु¥याउने विषय हरेक चुनावमा प्रमुख मुद्दा बन्ने गरेको उहाँको भनाइ छ ।

पछिल्लो समय धौलीगाड खानेपानी आयोजना बन्ने विषय चर्चामा छ । यसबाट स्वच्छ पानी पाउँछ कि भन्ने आशा पलाएको शाहीको भनाइ छ । पानीले काकाकूल बाँइराका स्थानीय अहिले तिलाको पानीको सहारामा बाँचिरहेका छन् । स्थानीय छुमकली सार्कीले भने, “यहाँ पानी पु¥याउन सांसददेखि वडाध्यक्षले आश्वासन धेरै दिए, पानी दिएनन ।”

खानेपानी नहुँदा बाँइराका गाउँका झण्डै एक सय २० परिवार नदीको दूषित पानी पिउन बाध्य छन् । धौलीगाड खानेपानी आयोजना समयमै सम्पन्न गर्न स्थानीयले माग गरेका छन् । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका प्रमुख अनुप श्रेष्ठका अनुसार बाँइराकामा सौर्य ऊर्जाबाट लिफ्टमार्फत पानी गाउँमा पु¥याइएको हो । धौलीगाड खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने उहाँको भनाइ छ । सो आयोजनाको लागत रु एक अर्ब २६ करोड रहेको छ । चन्दननाथका १० वडा, गुठीचौरका तीन वडा र तातोपानीका ६ वडाका आठ हजार छ सय ९५ परिवार आयोजनाबाट लाभान्वित हुने बताइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार