मेन्छियाम हाइड्रोपावरको शेयर बाँडफाँट

उज्यालो प्रतिनिधि १३ बैशाख २०८०, बुधबार अर्थ

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ  । कम्पनीले यही वैशाख ४ देखि ७ गतेसम्म सर्वधारणका लागि निष्काशन गरेका नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयर आज बाँडफाँट गरेको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार सर्वसाधारणलाई नौ लाख ९४ हजार एक सय १४ कित्ता साधारण शेयरका लागि आवेदन आह्वान गरेकामा ११ लाख ७४ हजार दुई सय २८ जना आवेदकबाट एक करोड २५ लाख ८१ हजार दुई सय ७० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो ।

कम्पनीले रीतपूर्वक प्राप्त आवेदनमध्येबाट गोलाप्रथाद्वारा १० कित्तादेखि एक हजार कित्ता शेयर आवेदन गर्ने ९४ हजार चार सय सात आवेदनकर्तालाई १० कित्ताका दरले र थप चार जनालाई ११ कित्ताका दरले बाँडफाट गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले जानकारी दिए । सो कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र कम्पनीका कर्मचारीलाई शेयर बाँडफाँट गरिसकेको छ ।

सङ्खुवासभामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत् उत्पादन गरेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा निर्माण भएको उक्त हाइड्रोपावर रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको हाइड्रोपावरका कार्यकारी निर्देशक सेवक पोखरेलले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार