ओमनद्वारा साउदी अरेबियासामु ३६७ रनको चुनौती

उज्यालो प्रतिनिधि १३ बैशाख २०८०, बुधबार खेल

काठमाडौँ । एसिसी प्रिमियर लिग क्रिकेट प्रतियोगिताअन्र्गत आज भएको समूह ए अन्तर्गतको खेलमा  ओमनले साउदी अरेबियालाई जितको लागि ३६७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमनलले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँर्दै  ३६६ रनको योगफल बनाएको हो । ओमनका पाँच ब्याटरले अर्धसतक प्रहार गरे ।

ओमनका जितेन्द्र सिहले सर्वाधिक ८८ रनको योगदान दिए । उनले ७९ बल खेल्दै ११ चौका र दुई छक्काको मद्दतमा ८८ रनको योगदान गरेका हुन । त्यसैगरी ओमनका अर्का खेलाडी मोहमद नादिमले अविजित ७१ रन बनाउँदा स्वेब खानले ६८ तथा कप्तान जिसन मोक्सुदले ५४ रन जोडे ।  त्यस्तै कस्यप प्रजापतिले ५१ रनको योगदान दिए ।  बलिङतर्फ साउदी अरेबियाका अतिफ उर रेहमानले तीन विकेट लिए भने अबदुल वाइदले दुई विकेट झारे । यस खेलको विजेता टोली समूह ए बाट सेमिफाइनलमा पुग्नेछन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार