रैथाने बाली संरक्षणमा तेमाल गाउँपालिका

उज्यालो प्रतिनिधि १२ बैशाख २०८०, मंगलवार समाचार

काभ्रे । तेमाल गाउँपालिकाले रैथाने बाली संरक्षणका लागि रैथाने बाली मूल्य शृङ्खला प्रवद्र्धन कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत छुटमा कृषि औजारसमेत वितरण गरिएको पालिकाले जनाएको छ ।

कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोक र लप्से भूमिस्थान किसान समूहको साझेदारीमा पालिका अध्यक्ष चन्द्रबहादुर तामाङले किसानलाई कृषि उपकरण साथै बीउविजन वितरण गर्नुभयो । उनले रैथाने बाली उत्पादन र संरक्षण गरी गाउँपालिकाले मौलिक उत्पादनमा योगदान गरिरहेको बताएका छन।

रैथाने बाली जीवन उपयोगी र स्वास्थ्यबद्र्धक रहेको भन्दै उनले यसको संरक्षणका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा निरन्तरता दिएको बताए।उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा गाउँपालिकाले कृषिमा आधुनिकिकरणसहित रैथाने बाली उत्पादनमा सक्रियता बढाउने पनि बताए । गाउँपालिकालाई रैथाने बाली उत्पादनमा आत्मनिर्भर बनाउँदै निर्यात गर्ने गरी योजना बनाइएको उनको भनाइ छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार