मन्त्री मोदी स्वदेश फिर्ता

उज्यालो प्रतिनिधि १२ बैशाख २०८०, मंगलवार समाचार

काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् ।

मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल गएराति दोहा हुँदै स्वदेश फर्किएका हुन् । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको समावेशी समानुपातिकता, आदिवासी जनजाति, थारु समुदायको हक अधिकार सुनिश्चितताका सम्बन्धमा मन्तव्य राखेका थिए ।

मन्त्री मोदीले थारु समुदायमा भयावह रुप लिएको सिकलेस एनिमियाको विषयलाई प्राथमिकताका साथ सत्रमा उठाएका थिए । झण्डै डेढ साताको भ्रमणका क्रममा मन्त्री मोदीले संयुक्त राज्य अमेरिकास्थित विभिन्न क्षेत्रको अवलोकन समेत गरेका थिए ।सत्रमा आदिवासी जनजाति, मानव स्वास्थ्य, ग्रह, क्षेत्रीय स्वास्थ्य र जलवायु परिवर्तन लगायतका सम्बन्धमा छलफल भएको जनाएको छ । सत्र २८ अप्रिलसम्म जारी रहनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार