भिडियो सार्वजानिक गर्दै युवा नेता जिम्बाले भने ‘कलाकारलाई राष्ट्रको गहना होइन अंग भन्नुपर्छ’

उज्यालो प्रतिनिधि ११ बैशाख २०८०, सोमबार कला मनाेरञ्जन

काठमाडौं । रिलिज अगावै चर्चा बटुल्न सफल पहिलो तामाङ पप गीत ‘आङिला जामेसे ङाला सेम’ बजारमा आएको छ । हेरुका लामा अफिसियल युटुबमार्फत बौद्धस्थित शेनुर हाउसमा एक पत्रकार सम्मेलनबिच गीतको अफिसियल म्युजिक भिडियो बजारमा ल्याएको हो ।

नेकपा माओवादी केन्द्र बागमती प्रदेश परिषदका सदस्य, युवा नेता एंव समाजसेवी अविरल जिम्बाको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्नुहुँदै जिम्बाले तामाङ गीत संगीतमा पप गीतले नयाँ बाटो कोरेको र सफलताको शुभकामना व्यक्त गरे । तामाङ गीत संगीतलाई, मनोरञ्जन क्षेत्रलाई बिकास गर्न नयाँ नयाँ गीत संगीत बजारमा आवश्यक रहेको उनले बताए । उनले कलाकारलाई राष्ट्रको गहना नभई अंग भन्नुपर्नेमा जोड दिए ।

तामाङ चलचित्र जगतका महानायक अमिर दोङको विशेष आतिथ्यता, र्यापर उत्तर लामा,हास्य कलाकार कुइसाङ रुम्बा, गायक एंव सञ्चारकर्मी आश्मान लोप्चनले शुभकामना व्यक्त गरे । सांगे ब्लोन तामाङ र गायक आशोक मोक्तान तामाङ्को शब्द रहेको गीतमा उनै गायक अशोक मोक्तानको संगीत र स्वर रहेको छ । दिपेश प्रधानको संगीत संयोजन र मिक्सिङ, रहेको गीतको म्युजिक भिडियोलाई बज्र ङेसुर र त्रिलोक लामाले छायांकन, राजेश कुमारले सम्पादन र कलर, सुमिना लोले डबिङ, अर्पण थिङले ब्याकराउण्ड म्युजिक गरेका हुन । मोडल एंव निर्देशक हेरुका लामाको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा याङ्की दोङ, अजय कुमार रञ्जितकार, सिता लामा घिसिङ र उनै निर्देशक एंव मोडल हेरुका लामाको अभिनय रहेको छ ।

उक्त गीतको म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा कलाकार,पत्रकार, समाजसेवी एंव दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम पत्रकार विवेक लोप्चनले सञ्चालन गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार