उपनिर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी मतदानस्थलमा

उज्यालो प्रतिनिधि ९ बैशाख २०८०, शनिबार समाचार

चितवन । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।

निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका हुन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी खटिसकेका छन् भने आवश्यक सामग्री पनि पुगिसकेको छ । इच्छाकामना र कालिका नगरपालिकामा बिहीबार नै निर्वाचन सामग्रीसहित कर्मचारी पुगे भने भरतपुर क्षेत्रमा शुक्रबार कर्मचारी पुगेका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी अमबहादुर पुर्जाका अनुसार मतदान अधिकृतले सर्वदलीय बैठकलगायतका आवश्यक तयारीका काम गर्ने बताए। उनले मतपत्र, मतपेटिकालगायतका सामग्री पनि मतदानस्थलमा पुगिसकेको जानकारी दिए ।

चितवन २ का ४३ निर्वाचनस्थलका एक सय ३८ केन्द्रमा छ सय ९० कर्मचारी खटिएका छन् । उहाँका अनुसार एक मतदान केन्द्रमा पाँच कर्मचारी खटाइएको छ । यस क्षेत्रमा एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् ।

लामो दूरीका सवारी साधन मात्रै चल्ने

चितवन क्षेत्र नं २ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधन आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै लामो दूरीका सवारी साधनबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । लामो दूरीका सवारी साधनलाई पनि समूहमा मात्रै सुरक्षा निगरानीसहित नारायणगढतर्फ पठाइने सूचनामा उल्लेख छ । प्रहरीले चितवनको सिमाना धादिङतर्फको मौवा खोला, मुग्लिन, नारायणगढको पुलचोक र गोन्द्राङ चोकमा चेकजाँच गरी केही समयको अन्तरालमा मात्रै समूहमा मात्रै सवारी साधनलाई गन्तव्यमा पठाइने प्रशासनले जनाएको छ ।

चितवन प्रशासनले नारायणी पुलमा पर्नसक्ने सवारी साधनको जामको असरलाई न्यूनीकरण गर्न नवलपरासी पूर्वको गैँडाकोट क्षेत्रमा कडा चेकजाँच गरेर लामो दूरीका सवारी साधन यकिन गरेर मात्रै पठाउन भनिएको जनाएको छ । वैशाख १० गते जिल्ला प्रशासनबाट अनुमति प्राप्त सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, पत्रकारका सवारी साधन मात्र सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार