पाइलटमाथि महिला साथीलाई ककपिटमा बसाएको आरोप

उज्यालो प्रतिनिधि ९ बैशाख २०८०, शनिबार समाचार

एजेन्सी । एयर इन्डियाका एक पाइलटमाथि आफ्नी महिला साथीलाई विमानको ककपिटमा बसालेको आरोप लागेको छ । यस सम्बन्धमा, भारतको उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए) ले यी आरोपहरूको छानबिन गरिरहेको जनाएको छ।

समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै यो कुरा २७ फेब्रुअरीको भएको जनाएको छ । रिपोर्टका अनुसार दुबईबाट दिल्लीको उडानका क्रममा एयर इन्डियाको फ्लाइट कमान्डरले कथित रूपमा आफ्नी महिला साथीलाई इकोनोमी क्लासबाट बोलाएर ककपिटमा बसाएका थिए ।

यो मुद्दा त्यति बेला चर्चामा आयो जब पाइलट, सह–पाइलट, क्याबिन क्रू सदस्य र ती महिला शुक्रवार सुनुवाइको लागि डिजिसिएमा उपस्थित भए ।

यसअघि ३ मार्चमा क्याबिन चालक दलका सदस्यले एयर इन्डियाका सिइओ र उडान सुरक्षालाई पहिलो पटक लिखित उजुरी गरेका थिए । त्यसपछि यो मुद्दा डिजिसिएमा पठाइयो ।

क्याबिन क्रुकी सदस्यले फ्लाइट कमान्डरलाई यस्तो नगर्न भन्दा उनले क्याबिन क्रु सदस्यमाथि हमला गर्न खोजेको दाबी गरिएको छ ।

क्याबिन क्रू सदस्यले पाइलटको आक्रामक व्यवहारबाट आफू छक्क परेको दाबी गरेकी छिन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार