वन क्षेत्रमा गैर–उपभोक्तालाई प्रवेश निषेध

शिवु खनाल ८ बैशाख २०८०, शुक्रबार समाचार

देउखुरी । सामुदायिक वनभित्र प्रवेश गरि जथाभाबी रुपमा पशुचौपायलाई चरिचरण गराउने र घाँस काट्ने उपभोक्तालाई कडाई गर्न थालिएको छ । लमहीको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले समूहको वन क्षेत्रमा पशुचौपाय चरिचरणको लागि अर्जुनखोला नाका, पुरानो चेकपोष्ट नाका र अजगर नाका गरि तीनवटा नाकाबाट मात्र पशुचौपाय वन प्रवेश नाका निश्चित गर्ने र अन्य कुनै नाका बाट प्रवेश नगर्ने, वृक्षारोपण क्षेत्रभन्दा माथिल्लो क्षेत्र चरिचरण गराउने निर्णय गरेको हो । शुक्रवार अजम्मरी सामुदायिक वन उपभोक्ता समूह अन्तरगत बाख्रापालन गर्ने उपभोक्तासंग अव्यवस्थित चरिचरण रोकथाम सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरि सुझावलाई संकलन गरिएको थियो ।

व्यवसायी रूपमा बाख्रापालन गर्ने उपभोक्ताहरुले हप्ताको तीनदिन शनिबार, सोमबार र विहिवार घाँस काट्न वन प्रवेश गर्ने र घाँस साल, अस्ना, धौटी, हर्रोवर्रो र कलम जातको बाहेक घाँस काट्ने निर्णय गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले बताउनुभयो । उहाँका अनुसार बाख्रापालन उपभोक्ताले ०८०/१/८ गतेदेखि ७ दिनभित्र समूहको कार्यालयमा आई परिचयपत्र बनाउने निर्णय गरिएको बताउनुभयो ।
यस्तै वन प्रवेश तोकिएको निश्चित नाकाबाट भन्दा अन्य नाकाबाट पशुचौपाय प्रवेश गराएपछि र हप्ताको तीनदिन घाँस काट्ने दिन खुलाए बमोजिम भन्दा अन्यदिन घाँस काट्ने उपभोक्ताहरूलाइ एकसय समूहले जरीवाना लिने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको अध्यक्ष रिजालले बताउनुभयो । पछिल्लो समय यता उपभोक्ताहरू बाटै वनमा अव्यवस्थित चरिचरण भएको जनगुनासो ब्यापक आउन थालेपछि वन क्षेत्रमा चरिचरण रोकथाम गर्न अव्यवस्थित चरिचरण रोकथाम सम्बन्धि उपभोक्तासंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले बताए ।

उनले सामुदायिक वनमा गैर–उपभोक्ताले जथाभावी चरिचरण तथा वन विनाश गर्ने गरेको पाइएपछि त्यस्ता गैर–उपभोक्तालाई वन प्रवेशमा रोक लगाउन थालिएको बताउनुभयो । कार्यक्रममा उपभोक्ताहरुले घाँस काट्न भनी वन प्रवेश गर्नेहरूले साना तथा ठूला विरूवा जराबाट काट्ने गरेको पाइएको गुनासो राख्नुभएको थियो । कार्यक्रममा सामुदायिक वनका वरिष्ठ सल्लाहकार ताराप्रसाख खनाल, उपभोक्ता डिल्ली राज खनाल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका सचिव गोमा भण्डारीले गर्नुभएको थियो ।No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार