विद्यार्थी भर्ना गर्न घरदैलो अभियानमा सामुदायिक विद्यालय

उज्यालो प्रतिनिधि ८ बैशाख २०८०, शुक्रबार शिक्षा

महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक विद्यालयहरुले विद्यालयमा विद्यार्थी भर्ना गर्न घरदैलो अभियान चलाएका छन ।
जिल्लामा सबै विद्यालयका व्यवस्थापन समिति र शिक्षक÷शिक्षिकाहरु सामुदायिक विद्यालयमा विद्यार्थी भर्नाका लागि अभिभावकको घरदैलोमा पुगेर विद्यार्थी आकर्षित गर्न थालेका छन । जिल्लाको शान्ती आधारभुत विद्यालयका प्रधानाध्यापक उत्तम विष्टले साुमदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने राष्ट्रि अभियान साकार पार्न विद्यालयका शिक्षकहरु घरदैलो अभियानमा लागेको बताए ।  “हामी विद्यालयको विद्यार्थीको संख्या बढाउने लक्ष्यका साथ भर्ना अभियानमा लागेका छौ ।” उनले भने–“निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयमा भर्ना गर्न आग्रह गरी रहेका छौ ।” उनले कक्षा आठ सम्म आफ्नो विद्यालयमा गत वर्ष १ सय ६० जना विद्यार्थी रहेको बताए । उनले यसवर्ष २ सय २० विद्यार्थी भर्ना गर्ने लक्ष्य अनुसार घरदैलो अभियानमा लागेको बताए ।

त्यसैगरी जिल्लाका केही सामुदायिक विद्यालयले अंग्रेजी माध्यम अपनाएर विद्यार्र्थी आकर्षित गर्न थालेका छन । अभिभावक तथा विद्यार्थीहरुमा बोर्डिङ स्कुलको आकर्षण रहेका बेला सामुदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने सुरु गरेर विद्यार्थी आकर्षित गर्न थालेका छन ।  सामुदायिक विद्यालयमा पनि बोर्डिङ स्कुलको जस्तै गुणस्तरीय शिक्षा दिनका लागि सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन थालेको भृकुटी माध्यमीक विद्यालयका शिक्षिका विमला भट्टले जानकारी दिए । “सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीलाई निःशुल्क पोशाक र झोला समेत उपलब्ध गराउदैछौ ।” भट्टले भने–“हामीले विद्यालयको गुणस्तर वृद्धि गरेर तल्लो कक्षामा अंग्रेजी माध्यमबाट पनि कक्षा सञ्चालन गर्ने गरेका छौ ।” उनले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन भएपछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीको संख्या बढ्न थालेको बताए ।

यहाँको महेन्द्रनगर माध्यमीक विद्यालयले पनि यसै शैक्षिक शत्रदेखी नर्सरी र कक्षा एकमा अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयका शिक्षक नवराज जोशीले पाँच सय विद्यार्थी थप्ने लक्ष्य सहित यस वर्षदेखी अंग्रजी माध्यमबाट पनि कक्षा सुरु गरिन लागेको बताए । “हामीले नर्सरी र कक्षा एकमा अंग्रेजी माध्यमबाट समेत निःशुल्क पढाई गर्ने भएका छौ ।” जोशीले भने–“अहिले यसबारे जानकारी दिन विद्यालयको टोली अभिभावको घरदैलोमा पुग्ने गरेका छौ ।” उनले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक शिक्षिकाहरु विद्यार्थी भर्ना अभियानमा जुटेको बताए ।
कञ्चनपुरमा दुई सय ५९ वटा सामुदायिक विद्यालयमा ८० हजार एक सय १५ विद्यार्थी अध्ययनरत छन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार