गुल्मीमा आगो निभाउने क्रममा बालकको मृत्यु

उज्यालो प्रतिनिधि ८ बैशाख २०८०, शुक्रबार समाचार

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी १ बालकको ज्यान गएको छ ।आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रवार बिहान उपचारका क्रममा मिशन अस्पताल पाल्पामा मृत्यु भएको हो ।बिहीवार राति आफ्नो परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जंगलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो ।

मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि शुक्रवार बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।यसैबीच इस्मा गाउँपालिकामा बिहीवार भएको आगलागीबाट २ घर र ३ गोठ पूर्णरूपमा जलेर नष्ट भएका छन् । इस्मा गाउँपालिका–५ दमारका शिवलाल कुमाल र रुद्रबहादुर कुमालको घर र गोठ जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सामुदायिक वनबाट लागेको आगो बिहीवार अपराह्न एक्कासि गाउँ पसेपछि घरगोठसहित अन्न र लत्ताकपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिए ।२ हप्तादेखि गुल्मीका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा आगलागी हुँदा आगो निभाउन स्थानीयवासी, जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलार्ई हम्मेहम्मे भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार