सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्छ : मन्त्री रिजाल

उज्यालो प्रतिनिधि ८ बैशाख २०८०, शुक्रबार समाचार

 

बारा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाद्वारा बिहीबार आयोजित स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री रिजालले सिर्सियाको प्रदूषण नियन्त्रणका लागि महानगरले गरिरहेको प्रयास सराहनीय रहेको र त्यसमा मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योगग्राम निर्माणका लागि पहल भइरहेको उनको भनाइ थियो ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले सिर्सियामा उद्योगबाट भइरहेको प्रदूषण नियन्त्रणका लागि आफूले प्राथमिकताका साथ काम गरिरहेको र त्यसमा मन्त्रालयको सहयोग आवश्यक भएको जिकिर गरे । बजेट अभावले नागरिकमुखी योजना कार्यान्वयन गर्न कठिन भएको उल्लेख गर्दै उनले यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन  मन्त्री रिजालसमक्ष आग्रह गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार