एसीसी प्रिमियर कप: नेपालको विजयी सुरुवात

उज्यालो प्रतिनिधि ५ बैशाख २०८०, मंगलवार खेल

काठमाडौँ। आजबाट सुरु भएको एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ ।

टियु क्रीकेट मैदानमा भएको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ ।मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कुशल भिम सार्की र मल्लले अर्धशतकीय ईनिङ खेले । भिम ९७ बलमा ५ चौका सहयोगमा ७१ रन बनाएर आउट भए । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए ।कप्तान रोहितकुमार पौडेलले ४२ रन बनाउँदा ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

मलेसियाका लागि विजय उन्नी,विरनदिप सिंह,मोहम्मद वाफिक र रिजवान हैदरले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मलेसिया ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रनमा समेटियो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रन बनाए । उनले ९५ बलमा ८ चौका र १ छक्का प्रहार गरे। विरन्दिप सिंहले ४६ रन बनाउँदा ओपनर मोहम्मद अमिर १७ रनमा आउट भए ।

विजय उन्नी १२ मा आउट हुँदा सायद अजिज १३ रन बनाए । खिजार ह्यायातले २२ तथा साजरुल इद्रासले अविजित १५ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३र३ विकेट लिए । ललित नारायण राजवंसी २ तथा गुल्सन झाले १ विकेट लिए ।नेपालले अर्को खेल वैशाख ८ गते ओमानविरुद्ध खेल्नेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार