द्रुतमार्गको अनुगमन गर्न प्रधानमन्त्री प्रचण्ड मकवानपुरमा

उज्यालो प्रतिनिधि ५ बैशाख २०८०, मंगलवार मुख्य नेटवर्क

वागमती । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्माणाधीन निजगढ–काठमाडौँ द्रुतमार्गको अवलोकन अनुगमनका लागि आज मकवानपुरको बकैया आउनुभएको छ । सो अवसरमा उनले बकैया–५ राजदमारमा निर्माणाधीन सडक र सुरुङमार्गको अवलोकन गरे ।

अवलोकनका क्रममा प्रधानमन्त्री दाहालले दु्रतमार्ग निर्माणको काम सन्तोषजनक रहेको बताए । दु्रत मार्ग देशको अति महत्वपूर्ण आयोजना भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाएको बताए । उनले दु्रतमार्ग निर्माणमा उत्पन्न समस्या समाधान गरिने बताए । यससँग सम्बन्धित आवश्यक विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेर सहजीकरण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो ।

“यस मार्गको निर्माणको अवस्थाबारे नेपाली सेनाबाट मैले धेरै जानकारी लिइसकेको छु”, उनले भने। प्रधानमन्त्री दाहालले राजदमारसहित बकैयाको लेनडाँडास्थित सुरुङमार्ग तथा भीमफेदी–८ महादेवटारमा निर्माणाधीन सुरुङमार्गको स्थलगत अनुगमन गर्नुभएको हो ।

झण्डै चार वर्ष अगाडि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) पारित भएपछि नेपाली सेनाले काम थालेको हो । काठमाडौँलाई देशको पूर्वी भाग तथा मधेशसँग जोड्ने द्रुतमार्गको लम्बाइ ५५ दशमलव पाँच किलोमिटर, १० दशमलव छ किलोमिटर पुल तथा छ दशमलव पाँच किलोमिटर सुरुङ रहेको छ । निर्माण सम्पन्न गर्न करिब रु दुई खर्ब १५ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार