रिक्त प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन तीन दल सहमत

उज्यालो प्रतिनिधि ४ बैशाख २०८०, सोमबार समाचार

काठमाडौँ । प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्षनेताहरूबीच सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा संवैधानिक परिषद्को बैठकबाट सिफारिस गर्ने सहमति भएको छ ।

लामो समेदेखि उक्त पद रिक्त रहेको छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा सो सहमति भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । नेता लेखकले सो पदमा नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्री दाहालले प्रस्ताव गर्दा एमाले अध्यक्ष ओलीले सहमति जनाएको बताए । परिषद्को सिफारिसबारे संसदीय सुनुवाइ भएपछि नियुक्ति हुनेछ ।

उनले संसद्मा विचाराधीन सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी ऐन, २०७१ को संशोधन विधेयक, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई अघि बढाउने विषयमा पनि छलफल भएको बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार