काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. १ स्थित जनचेतना उच्च माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष लामो समयदेखि नटुङ्गिदा विद्यालयको पठनपाठनमा समस्य पैदा भएको छ ।
केही अभिभावकहरुको बलियो दाबी भएको कारण अध्यक्ष को बन्ने विषयमा टुङ्ग्याउन नसक्दा व्यवस्थापन समितिको अध्यक्ष बिना विद्यालय संचालन भइरहेको छ ।
यसभन्दा अगाडि दुई पटक अध्यक्ष भएका निवर्तमान अध्यक्ष च्याङबा लामा र स्थानीय अभिभावकहरुको बलियो दाबीको कारण समितिको अध्यक्ष नटुङ्गिएको हो ।
केही हप्ता अगाडि राजनीतिक दलका नेता कार्यकर्ताहरु स्थानीय निर्वाचनमा जसरी गाडी रिजर्भ गरेर टोलटोलमा निवर्तमान अध्यक्ष लामालाई पुनः अध्यक्ष बनाउन भोट माग्दै हिडेपछि त्यहाँका स्थानीयहरु चकित भएका थिए ।
‘बरु चुनाबमा नेताहरू भोट माग्न आएनन् तर विद्यालयको अध्यक्ष बन्नको लागि यसरी ज्यान फालेर भोट माग्ने, पटकपटक भेला राख्दा पनि अध्यक्ष नटुङ्गिएको देख्दा विद्यालयभित्र चर्कै भ्रष्टचार छ, त्योही भ्रष्टचार गर्नकै लागि यसरी अध्यक्षको लागि हानथाप गरेको हुनुपर्छ ।’ एक बडाल थरकामा स्थानीयले बताए ।
त्यसैगरी तामाङ थरका एक स्थानीयका अनुसार विगतमा निवर्तमान अध्यक्षले त्यहाँका शिक्षक/शिक्षिकाहरुलाई बाटो बाटोमै थर्काउने, विशेष कारण बस् छुट्टि लिएर बसेका शिक्षकहरुलाई तथानाम बोल्ने, विद्यार्थीहरुकै अगाडि शिक्षकहरुलाई अपमान गर्ने र विद्यालयको शैक्षिक गुणस्तर बढाउनका लागि कुनै रचनात्मक कार्यक्रम ल्याउन नसक्दा विद्यालयको शैक्षिक गुणस्तर झनझन खस्किदै गएको आरोप लगाए ।
निवर्तमान अध्यक्ष लामाको छोरीलाई स्केल भन्दा बढी ६५ सय तलब थप
जनचेतना उच्च माध्यमिक विद्यालयमा बाल शिक्षामा पढाउने शिक्षिका रोनिसा तामाङले सरकारले तोकेको तलब भन्दा बढी तलब सुविधा उपभोग गरेको पाइएको छ ।
पुर्व प्राविका शिक्षक/शिक्षिकालाई सरकारले १६ हजार रुपैया तलबको व्यवस्था गरेको भए पनि कुनै निजि विद्यालयमा जसरी व्यवस्थापन समितिका अध्यक्ष च्याङबा लामाले रोनिसा तामाङ आफ्नो छोरी भएको कारण विद्यालयको तर्फबाट ६ हजार ५ सय रुपैयाँ तलब दिदै आएको खुलासा आएको छ ।
हामीले यस विषयमा उक्त विद्यालयका प्रधानध्यापक ध्रुवराज पाण्डेसंग कुरा गर्दा व्यवस्थापन समितिले नै निर्णय गरेर दिइको विषयमा आफुले धेरै बोल्न नहुने बताए ।
उनले थप भने ‘ पहिला एक संस्था मार्फत बाल शिक्षाको लागि भनेर ५,६ हजार पैसा आउथ्यो, त्यसमा विद्यालयबाट केही रकम थपेर दिन्थे तर बाल कक्षालाई निरन्तरता भएर सरकारले नै १६ हजार तलब दिएपछि व्यवस्थापन समितिले दिने रकम खारेज गर्नुपर्ने हो तर त्यो भएन, अबको पहिलो बैठकमा नै म यो कुरा उठाउने छु’ ।
हामीले यस विषयमा व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष च्याङबा लामासंग कुरा गर्द उनले अगिल्लो शिक्षिकाले खाने तलबलाई नै निरन्तरता दिइएको र यस्ता झिनामसिना कुरामा पत्रकारहरु पछि लाग्न नहुने बताए ।
उक्त विद्यालयमा पढाउने शिक्षकहरुले थप अर्को कक्षा पढाएको बापत विद्यालयको तर्फबाट केही सुविधा दिइएको छैन तर अध्यक्षको छोरीलाई चहि विना कारण तेत्रो रकम थपेर दिइरहेका छन । यस्तो सुविधा त निजि विद्यालयमा पनि हुदैन नाम नबताउने शर्तमा उक्त विद्यालयका एक शिक्षकले पत्रकारहरुसंगको कुराकानीमा बताए ।
उक्त विद्यालयका लेखा प्रमुख प्रविण अधिकारीलाई पनि विद्यालयको तर्फबाट थप ६ हजार ५ सय दिइएको भए पनि उनले उक्त रकम अर्को कक्षामा पढाएको बापत लिइएको पाएको छ ।
यस विषयमा स्थानीयहरुले न्यायिक समितिमा आजसम्म बढी लिएको तलब सुविधाको भरपाइ सहित कानुन अनुसार निवर्तमान अध्यक्षलाई कारबाहीको माग गर्दै मुद्दा हाल्ने तयारी गरेको स्रोतले जानकारी गराए ।