मैनेखोलाले बिजोग गराएको त्यो दिन ‘जव चारघर परिवार बेघर भए’

शिवु खनाल ३ बैशाख २०८०, आईतवार लुम्बिनी

देउखुरी । २०७४ साल साउन २६ गते विहान उठेर मैने गाउँका स्थानीय घरायसी काम काज गर्ने तरखरमा थिए । कोहि लालाबाल फुकाउदै त, कोहि घर बाहिरको काममा व्यस्त देखिन्थे । त्यो दिन मैने गाउँमा सोच्दै नसोचेको घटना भयो । बादरखोली र मैनेखोलामा एकाएक बाढि आयो । बाढि मैने गाउँ पस्यो । गाउँका चारवटा कच्ची घर पूर्णरूपमा कामै नलाग्ने गरि भत्किएर । पाँच घर भने केही मात्रमा क्षति भयो । बादर खोली र मैने खोलाले गाउँबाट चारजना घर परिवारलाई उठिबास नै लगायो । २०७४ साल साउन २६ गते शनिवार आएको बाढीले चारजना घर परिवार विचल्लीमै रहे । त्रासकाबीच झन् पीडा भोग्न बाध्य भए । बाढी आउँछ भनेर हामीले सोचेका पनि थिएनौ, दशकौ देखि गाउँमा बाढी नआएका कारण त्यसतर्फ ध्यान नपर्नुपनि स्वाभाविकै हो, लमही नगरपालिका वडा नम्बर ९ मैने गाउँ निवासी मैने टोल विकास संस्थाका अध्यक्ष भुपबहादुर राणा क्षेत्रीले भन्नुभयो,–। ‘घरमा भएजतिको चामल, धान, गहुँ सहितका खाद्यानहरु पानीमा भिजेर नष्ट हुन पुग्यो । चार घर विभल्लीमा परे । त्यो बेला चुल्हो समेत वाल्न सकिने अवस्था थिएन ।’

बस्ती जोगाउन बादरखोली र मैनेखोलामा तटबन्ध निर्माण

बादरखोली र मैनेखोला कटानबाट बस्ती र खेतीयोग्य उर्वरभूमि जोगाउन लमही नगरपालिका वडा नम्बर ९ मैने गाउँमाका विभिन्न खहरे खोलमा तटबन्ध निर्माणको काम थालिएको छ । खोलाको कटानको उच्च जोखिममा रहेको मैने गाउँको पश्चिममा बग्ने बादरखोली र पूर्वमा बग्ने मैनेखोलाको बिचको गल्लि उत्तर र दक्षिण तर्फ गरेर तीन ठाउँमा तटबन्ध निर्माण थालिएको हो । चुरे भएर दक्षिण बग्ने यी खहरे खोलाले हरेक वर्षातका बेला मैने गाउँका विभिन्न स्थानको खेतीयोग्य जमिन कटान गरेर क्षति गर्दै आएको छ । मैने टोल विकास संस्थाका अध्यक्ष भुपबहादुर राणा क्षेत्रीले सबैभन्दा बढी मैनेखोला बस्तीमा धेरै क्षति पुगेको बताए । उनका अनुसार चुरेबाट बगरे आउने मैनेखोलाले बस्तीको दश बिघाभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको थियो ।

 

नदी कटानकै कारण सो बस्तीका कतिपय मानिस सुरक्षित स्थानमा वासस्थान सरेका छन् । चुरेबाट बगेर आउने गिट्टी बालुवाले मैनेखोलाको सतह माथि उठ्दै गएर बस्ती बराबर भएकाले त्यो ठाउँमा तटबन्ध आवश्यक थिए ।
बादरखोली र मैनेखोलमा बस्तीवासी पनि तटबन्ध निर्माण सुरु गरिएसँगै बस्ती र उर्वर खेतबारी जोगिने भन्दै खुसी देखिएको राणाले सुनाए । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालयले चसो देखाएको पछि रिहार स्थित बादरखोली र मैनेखोलामा तटबन्ध निर्माण थालेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालयका प्रमुख राजन रेग्मीले बादरखोलीमा ५० मिटर, पूर्वमा बग्ने मैनेखोलाको बिचको गल्लि उत्तर र दक्षिण तर्फ गरेर ५०÷५० मिटर तटबन्ध गर्न थालिएको बताए । उनले खहरे खोला नियन्त्रण योजनाअन्तर्गत तटबन्ध निर्माण भइरहेको बताए । तटबन्ध निर्माणले चुरेको माथिल्लो क्षेत्रबाट बगेर आउने पानीको बहाव रोक्ने, माटो र बालुवा लगायतका नदीजन्य पदार्थलाई चुरेमै रोकेर राख्ने हुँदा बस्ती र खेतीयोग्य जमिन कटान हुनबाट जोगिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालयका सव–इञ्जिनियर प्रकाश बस्नेतको भनाइ छ ।

खहरे खोलाबाट कटानबाट प्रभावित भएका नागरिक तटबन्ध निर्माण हुन थालेपछि उत्साहित भएको बताएका छन् । निर्माण हुन लागेको तटबन्धले सयौँ किसानको जमिन कटान रोकिने र दर्जनौँ घर डुबानबाट सुरक्षित हुने लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले बताए । गाउँमा ३२ घरधुरी संख्या रहेको छ । यस क्षेत्रका अधिकांश स्थानीय खेतीपाती गर्दै आएका छन् । तर ति खेतीयोग्य जमिन वर्षेनी बादरखोली र मैनेखोलाले कटान गर्दै आएको थियोे । वर्षेनी बादरखोलीले गाउँमा रहेको सात÷आठ घर उच्च जोखिममा रहेको स्थानीय अमृता शर्माले बताए । खेतीयोग्य जमिन कटान गर्नुका साथै खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । वर्षातको समयमा मैने गाउँ हुदैँ बादरखोली तरेर बगार मा।वि।मा पठनपाठनका लागि जान समस्या पर्ने गरेको बगार मा।वि। कक्षा ८ मा अध्यनरत विद्यार्थी युवराज रानाले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार