देउखुरी । घाेराहीबाट लमही हुदै बुटवल जान लागेको मिनि बस मसाेट खाेलामा ब्रेकफेल हुदा एकजना मृत्यु भएको छ ।
मृत्युु हुनेमा बंगलाचुली गाउँपालिका वडा नम्बर ६ लापे निवासी ३० वर्षिय यमि घर्ती मगरकाे लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
शनिवार दिउँसो पाैने १ बजे घाेराहीबाट बुटवल जादै गरेको ना ४ ख ६९५० नम्बरको मिनि बस ब्रेक हुदा मसाेटकाे घुम्ती नजिकै दुर्घटना भएको हाे ।
बसमा सवार मृतककाे ५ वर्षिय छाेरी आहाना घर्ती मगर, एरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षिय सुरज बस्नेत घाइते हुनु भएको छ । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।