अमेरिका पूर्व विदेशमन्त्री पोम्पेओद्वारा राष्ट्रपतिको चुनाव

उज्यालो प्रतिनिधि २ बैशाख २०८०, शनिबार समाचार

वासिङ्टन । अमेरिकी पूर्व विदेशमन्त्री तथा गुप्तचर एजेन्सी सीआईएका निर्देशकसमेत रहिसकेका माइक पोम्पेओले आगामी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । पोम्पेओले ट्विटमा लेखेका छन्, ‘सुसन र मैले धेरै सोचविचारपछि आफूलाई अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवारको रूपमा प्रस्तुत नगर्ने निर्णय गरेका छौँ।’

ट्विटमा उनले यो आफ्नो व्यक्तिगत निर्णय भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो समय म र मेरो परिवारको लागि उपयुक्त छैन। एक सैनिक, प्रतिनिधि सभाको सदस्य, सीआईएको निर्देशक र स्टेट सेक्रेटरीको रूपमा, मैले अमेरिकालाई अगाडि बढाउने सुअवसर पाएको छु । यी भूमिकाहरू मेरो लागि उपयुक्त छन् । तर अहिले राष्ट्रपतिको चुनाव लड्नु मेरो लागि ठीक होइन।’

माइक पोम्पेओ भर्खरै आफ्नो पुस्तकको लागि चर्चामा थिए। आफ्नो पुस्तकमा उनले साउदी पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा आफ्नै देशको मिडियाको खिल्ली उडाएका छन् । माइक पोम्पेओले आफ्नो पुस्तकमा वर्तमान साउदी युवराज मोहम्मद बिन सलमानको पनि प्रशंसा गरेका छन् र उनलाई वर्तमान युगको महान् नेतामध्ये एकको रूपमा वर्णन गरेका छन्।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार