युवा सङ्घको अध्यक्षमा थेबे निर्वाचित

उज्यालो प्रतिनिधि ३० चैत्र २०७९, बिहीबार समाचार

काठमाडौँ । नेकपा एमाले निकट युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन भएका छन् । नेपालगन्जमा भएको महाधिवेशनमा सर्वसम्मत रूपमा थेबेको नाम प्रस्ताव भएको थियो ।

सङ्घको उपाध्यक्षमा सात जनाको नाम प्रस्ताव भएका छन् । प्रस्तावित नामहरूमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरि केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम रहेका छन् । प्रस्तावित नाममा हलले ताली बजाएर सर्वसम्मत अनुमोदन गरेको छ । त्यसैगरी महासचिवमा सुमन पुरी र उपमहासचिवमा दुई जना राजु थापा महेन्द्र गुरुङको नाम अनुमोदन भएको छ ।

त्यसैगरी सचिवतर्फ विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी चयन भएका छन् । त्यसैगरी कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख) राकेश राई निर्वाचित भएका छन् । लेखा आयोगमा सन्तोष चौलागाई, प्रमुख, नानीराम तिवारी, उपप्रमुख र प्रवीण, सचिव अनुशासन आयोगतर्फ राकेश लामा प्रमुख, दीपेश खड्का उपप्रमुख र सचिवमा राजन नेपाली चयन भएका छन् ।

निर्वाचन आयोगमा बलराम बेलबासे प्रमुख र उपप्रमुखमा बाबु छतकुली र सचिवमा गोकर्ण नेपाली चयन भएका छन् । केन्द्रीय सदस्यहरूको नाम पनि सर्वसम्मत चयन भएको छ।

यी हुन् सर्वसम्मत पदाधिकारी

अध्यक्षः क्षितिज थेबे

उपाध्यक्ष
अमित लामा
पुष्प श्रेष्ठ
कृष्णहरी केसी
महाराज गुरुङ
सीता सुवेदी
रमेश तिवारी
प्रकाश गौतम

महासचिव
सुमन पुरी

उप महासचिव
महेन्द्र गुरुङ
राजन थापा

सचिव
बिनय शाह
खेम शर्मा
जय गुरुङ
मोबिन आलम
अनिता कन्दङ्वा
देवानन्द मेहता
बिष्णा चन्द
पर्वत भण्डारी
कुबेर अधिकारी

कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)
राकेश राई

लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव

अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव

निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार