संकटाले एनआरटीलाई हराउँदा हिमालयन शेर्पाले एपिएफलाई हरायो

उज्यालो प्रतिनिधि २९ चैत्र २०७९, बुधबार खेल

काठमाडौं। राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बुधबार संकटा क्लबले न्युरोड टिम (एनआरटी) विरुद्ध २–१ को जित निकाल्दा अर्को खेलमा हिमालयन शेर्पाले विभागीय टोली एपिएफलाई ५–३ ले पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटालाई जित दिलाउन जुनियर एनकेन्गुइ र मनिष डांगीले एक–एक गोल गर्दा एनआरटीका सर्जी सङ्ले गोल गरे। खेलको २२ औं मिनेटमा एनकेन्गुई गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए।

३७ औं मिनेटमा मनिषले संकटाको अग्रता दोब्बर पारे। यस्तै एनआरटीका सङले ६२ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि गोल नहुँदा संकटाले तीन अंक जोड्न सफल भयो। जितसँगै आठ खेलबाट १२ अंक जोडेको संकटा तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। समान खेलबाट ६ अंक जोडेको एनआरटी तालिकाको १२ औं स्थानमा छ।

लिगअन्तर्गत बुधबार नै भएको अर्को खेलमा हिमालयन शेर्पाले एपीएफ क्लवविरुद्ध ५–३ को रोमाञ्चक जित निकालेको छ। च्यासल रगंशालामा बुधबार भएको खेलमा हिमालयन शेर्पाका लागि सत्यम शर्माले दुई गोल गर्दा सुदीप श्रेष्ठ, अबायाओमी फमान्ले र विश्वास श्रेष्ठले समान एक गोल गरे।

एपिएफका अर्मान्ड  बेडोउम, सनिश श्रेष्ठ र प्रदीप लामाले एक गोल फर्काए। प्रतिष्पर्धात्मक बनेको खेलमा सुदीप श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए। सत्यम शर्माले २४ औं मिनेटमा गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे।

त्यसको पाँच मिनेटपछि सत्यमले नै हिमालयन शेर्पाको अग्रतलाई ३–० मा पुर्‍याएको खेलको इन्जुरी समयमा एपिएफका अर्मान्ड बेडोउमले एक गोल फर्काउँदै अन्तर घटाए। ४७ औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पाको अग्रतालाई ३–२ मा झारेपछि लयमा फर्किएको एपिएफका लागि प्रदीप लामाले ६३ औं मिनेट बराबरी गोल गरे।

तर, ७५औं मिनेटमा अबायाओमी फमान्लेले गोल गर्दै हिमालयन शेर्पालाई पुनः अग्रता दिलाए र ८९ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेपछि हिमालयन शेर्पाको ५–३ को जित निश्चित गरे। जितसँगै लिगमा हिमालनय शेर्पाले आठ खेलबाट ९ अंक जोडेको। समान खेल खेलेको एपिएफको ११ अंक छ।

लिगमा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेल एन्फा कम्पलेक्समा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब तथा दशरथ रंगशालामा चर्च ब्वाईज युनाईटेड र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार